Latest
img

विवाह नै नगरी कसरि जन्मियो चर्चित गायक राजेश पायल राईको छोरा ?

गायक राजेशपायल राईले आफ्नो वैवाहिक जीवनलाई ठूलो पहेली झैं बनाइदिएका छन् । छोरा जन्मिएर पास्नीसमेत गरिसके पनि उनले श्रीमती भने अझै सार्वजनिक गरेका छैनन् ।राजेशपायलले आफूलाई अविवाहित नै बताइरहँदा अचानक उनी सन्तानको बाबु बनेको खबर सार्बजनिक भएको थियो ।

मिडियामा आएको समाचारप्रति राजेशपायलले मौनता साँधे । त्यसयता उनी आफ्नो विवाहको विषयमा कतै पनि बोलेका छैनन् ।अहिलेसम्म विवाहको स्वीकारोक्ति नदिएका राजेशपायलले हिजो आफ्नो छोरा भने सामाजिक सञ्जालमा सार्वजनिक गरे । छोरा सायरेमको पास्नीपछि

उनले फेसबुकमा तस्बिर राखेका हुन् । तर, छोरा भनेर लेखेका छैनन् ।‘फस्र्ट राइस फिडिङ यानेकी पास्नी, दिदी राइसासँग सायारेम,’ भन्दै उनले तस्बिर पोस्ट गरेका हुन् । उनको छोराको नाम ‘सायारेम’ हो ।राजेशपायलले आफूभन्दा २६ वर्ष कान्छी साङबुन राईबाट पुत्रलाभ गरेका हुन् ।

राजेपायल र साङबुन दुई वर्षदेखि लिभ इनमा थिए । उनीहरुबीच विवाह भने भएको थिएन । अविवाहित अवस्थामा नै बाबु बनेका राजेशपायलले अहिलेसम्म सार्वजनिकरुपमा साङबुनलाई श्रीमतीको रुपमा चिनाएका छैनन् । उनले साङबुनसँगको प्रेमसम्वन्ध पनि लुकाएका थिए ।

आफूलाई ‘सिंगल’ का रुपमा प्रस्तुत गर्दै आएका थिए ।साङबुनले भने पुत्रलाभपछि राजेशपायल र छोराका तस्बिरहरु टिकटक तथा फेसबुकबाट सार्वजनिक गरेकी थिइन् । हिजो उनले छोराको पास्नीका केही भिडियोहरु टिकटकमा राखेकी छन् । एउटा भिडियोमा झुलुक्क राजेशपायल देखिन्छन् ।

अब प्रश्न उठ्छ, छोराको पास्नी गरिसक्दा पनि राजेशपायल आफ्नो विवाहका विषयमा किन मौन छन् ? सम्भवतः साङबुनको कम उमेर यसको कारण हुन सक्ने अनुमान गरिएको छ ।उता लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् ।हाल जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग सुनिलले लगन गाँठो कसेका हुन् ।

विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका सुनिल र अन्जुले अन्ततः जर्मनीमै विवाह गरेका हुन् ।सुनिलले बिहीबार एउटा प्रेमिल गीत सार्वजनिक गर्दै आफुले विवाह गरेको जानकारी गराएका हुन् ।सार्वजनिक गरेको ‘भाग्यमानी’ बोलको गीत सुनिलले

आफ्नी धर्म पत्नीलाई समर्पण गर्दै आफू वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएका हुन् ।सुनिल प्रेमिका र मेलोडियस गीत सृजना गर्न र गाउन खप्पिस गायकको रुपमा चिनिन्छन् विवाहको खबर बाहिरिएसँगै लाखौं शुभचिन्तकले उनलाई बधाई दिइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment