Latest
img

सलोन र करिश्माकाे बिहे पार्टीमा शोभितले पछि सबै काम छाडेर नाती नातिनी स्याहार्ने बाचा गरे…..

आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आउने गरेका निर्देशक शोभित बस्नेतले मंसिर १२ गते आफ्नो एकमात्र छोरा सलोन बस्नेतको विवाह गरे । उनलाई छोराको विवाह भव्य रुपमा गर्ने ठूलो सपना थियो, जुन उनले पूरा गरेका छन् ।

सम्भवतः बस्नेत परिवारकै महंगो र भव्य विवाह सलोनको भएको हो । शोभितलाई अब छोरीको विवाह पनि सानदार रुपमा गर्ने सपना छ ।छोराको विवाहको चटारोमा पनि विन्दास देखिएका उनले बुधवार काठमाडौंको एक पाँचतारे होटलमा आयोजित रिसेप्सन पार्टीमा नाति-नातिना खेलाउने इच्छा रहेको बताए ।

उनले भने, ‘सलोन बच्चा हुँदा मैले उसलाई कहिल्यै समय दिन पाइनँ । त्यसले गर्दा पनि सलोन बच्चा हुँदा दिन नपाएको समय म नाति-नातिनालाई दिन चाहन्छु । नाति-नातिना भएपछि म धेरै काम छोड्छु पनि ।’उनले छोराको बिहेपछि आफू परिपक्व भएको बताए ।

तर, आफू कहिल्यै पाको नहुने भन्दै शोभितले ठट्टा पनि गरे । करिश्मालाई बुहारीको रुपमा पाएकोमा आफूलाई भाग्यमानी ठान्छन्, शोभित । ‘बुहारीको रुपमा करिश्मालाई पाएकोमा आफैंलाई भाग्यमानी ठान्छु,’ उनले अगाडि भने, ‘दुई दिन अगाडिसम्म सलोन मेरो छोरा थियो,

आज बुहारी पनि मेरो भएर थपिएको महसुस गरेको छु ।’बस्नेत परिवारलाई आफ्नो ठानेर सधैं हाँसी-खुसी बस्न करिश्मासँग उनले आग्रह गरेका छन् । बुहारीसँग के माग्न चाहनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘म करिश्मासँग त्यस्तो केही माग्दिनँ ।

हाम्रो जस्तो हाँसी-खुसी बस्नेत परिवार छ, त्यसमा सधैं मिसिएर हाँसी-खुसी र बस्नेत परिवारलाई आफ्नो ठानेर बसिदिए पुग्छ ।’ करिश्माले पनि आफू हर सुःख-दुःखमा साथमै रहने वाचा गरिन् ।त्यस्तै उता लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् ।हाल जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग सुनिलले लगन गाँठो कसेका हुन् ।

विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका सुनिल र अन्जुले अन्ततः जर्मनीमै विवाह गरेका हुन् ।सुनिलले बिहीबार एउटा प्रेमिल गीत सार्वजनिक गर्दै आफुले विवाह गरेको जानकारी गराएका हुन् ।सार्वजनिक गरेको ‘भाग्यमानी’ बोलको गीत सुनिलले

आफ्नी धर्म पत्नीलाई समर्पण गर्दै आफू वैवाहिक जीवनमा बाँधिएको आधिकारिक जानकारी दिएका हुन् ।सुनिल प्रेमिका र मेलोडियस गीत सृजना गर्न र गाउन खप्पिस गायकको रुपमा चिनिन्छन् विवाहको खबर बाहिरिएसँगै लाखौं शुभचिन्तकले उनलाई बधाई दिइरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment