नेपाली सिने क्षेत्रमा विवादको पर्याय बनेकी लोकप्रिय अभिनेत्री हुन पुजा शर्मा । नेपाली सिने जगतमा एक अभिनेत्रीलाई सदावहार चर्चाको शिखरमा बसिरहन निकै सङघर्ष गर्नुपर्दछ जुन कुरा असफल हुने र बिदेश भासिने नायिकाहरुको संख्याले पनि पुष्टि गर्दछ ।
नेपाली सिने जगतमा आफ्नो प्रतिभा र कामप्रतिको लगावले स्थापित भएको नाम हो पुजा शर्मा । आफुलक्षित भएका टिप्पणीहरु र आलोचनालाई सहर्ष स्विकार्ने खुबी थोरै मात्रै नायिकामा हुन्छ ।आफ्ना कमीकमजोरीमा गरिएको मजाकहरुलाई चिर्दै चूनौतीहरुमा अवसर देख्ने सोच पुजा शर्माको बनिसकेको छ ।
सकारात्मक सोच र निरन्तरको प्रयासले नै पुजा शर्मा नेपाली सिने जगतमा सदावहार र बढी सफल नायिकाको अग्रपङ्क्तिमा अटाउने थोरै नाममा पुजा शर्मा पनि एक हुन् ।एक सफल नाम चलेकै स्थापित कलाकार भएकाले होला पुजा शर्मा जहाँ जान्छिन् उनलाई मिडियाले पछ्याइहाल्छ ।
उनलाई पछिल्लो समय बढी सोधिने प्रश्न उनको विवाह र ब्यक्तिगत जिवनको पनि हो । उनी अहिले युद्ध बानियाँ नाम गरेका युवासँग गहिरो प्रेममा छिन्् । यसैक्रममा पुजा शर्माले युद्धका केही अन्तर्यहरु खोतलेकी छिन् । उनले युद्ध निकै लजालु स्वभावको भएको बताएकी छिन् ।
लजालु स्वभाव भएपनि उनी पुजा शर्माको केयर भने धेरै गर्दछन् । पुजा शर्माकै बोलीलाई आधार लिने हो भने इमान्दार केटासँग बिहे गर्ने पुजा शर्माको सपनाले यथार्थता प्राप्त गरेको भनेर बुझ्न सकिन्छ । उनीहरु अहिले प्रेममा छन् र स्रोतका अनुसार छिट्टै बिहे गर्ने सोेचमा छन् ।
फिल्मी दुनियाँमा बित्ने पुजा शर्माको दैनिकि अहिले ब्यापारसँग पनि जोडिएको छ । उनी आफ्नो अधिकांश समय आफ्नो ब्यापार ब्यबसायमा फोकस गर्छिन ।यता आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आउने गरेका निर्देशक शोभित बस्नेतले मंसिर १२ गते आफ्नो एकमात्र छोरा सलोन बस्नेतको विवाह गरे । उनलाई छोराको विवाह भव्य रुपमा गर्ने ठूलो सपना थियो, जुन उनले पूरा गरेका छन् ।
सम्भवतः बस्नेत परिवारकै महंगो र भव्य विवाह सलोनको भएको हो । शोभितलाई अब छोरीको विवाह पनि सानदार रुपमा गर्ने सपना छ ।छोराको विवाहको चटारोमा पनि विन्दास देखिएका उनले बुधवार काठमाडौंको एक पाँचतारे होटलमा आयोजित रिसेप्सन पार्टीमा नाति-नातिना खेलाउने इच्छा रहेको बताए ।
उनले भने, ‘सलोन बच्चा हुँदा मैले उसलाई कहिल्यै समय दिन पाइनँ । त्यसले गर्दा पनि सलोन बच्चा हुँदा दिन नपाएको समय म नाति-नातिनालाई दिन चाहन्छु । नाति-नातिना भएपछि म धेरै काम छोड्छु पनि ।’उनले छोराको बिहेपछि आफू परिपक्व भएको बताए ।
तर, आफू कहिल्यै पाको नहुने भन्दै शोभितले ठट्टा पनि गरे । करिश्मालाई बुहारीको रुपमा पाएकोमा आफूलाई भाग्यमानी ठान्छन्, शोभित । ‘बुहारीको रुपमा करिश्मालाई पाएकोमा आफैंलाई भाग्यमानी ठान्छु,’ उनले अगाडि भने, ‘दुई दिन अगाडिसम्म सलोन मेरो छोरा थियो,
आज बुहारी पनि मेरो भएर थपिएको महसुस गरेको छु ।’बस्नेत परिवारलाई आफ्नो ठानेर सधैं हाँसी-खुसी बस्न करिश्मासँग उनले आग्रह गरेका छन् । बुहारीसँग के माग्न चाहनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘म करिश्मासँग त्यस्तो केही माग्दिनँ ।
हाम्रो जस्तो हाँसी-खुसी बस्नेत परिवार छ, त्यसमा सधैं मिसिएर हाँसी-खुसी र बस्नेत परिवारलाई आफ्नो ठानेर बसिदिए पुग्छ ।’ करिश्माले पनि आफू हर सुःख-दुःखमा साथमै रहने वाचा गरिन् ।
Leave A Comment