कम मूल्य, उच्च माइलेज र स्टाइलिस डिजाइनको मोटरसाइकल धेरै मानिसको रोजाईमा पर्ने गर्छ । त्यस्ता ग्राहकको आवश्यकता पुरा गर्न विभिन्न कम्पनीले मोटरसाइकल ल्याउने गरेका छन् ।नेपाली बजारमा बजाज, हिरो, होन्डा, टीभीएस, सुजुकी जस्ता ब्राण्डले १२५ सीसी क्षमताभन्दा कमका मोटरसाइकल ल्याएर विक्री गरिरहेका छन् ।
यो सेग्मेन्टमा सर्वाधिक सफल होन्डा सिबी साइन १२५ हो । आफ्नो डिजाइन, पर्फमेन्स र आरामदायी भएकै कारण १२५ सीसी सेग्मेन्टमा अब्बल भएको सिबी साइन युवादेखि ५० कटेकाहरु माझपनि उत्तिकै परिचित छ ।यही सेग्मेन्टमा अघिल्लो वर्ष टीभीएसले ल्याएको रेडर १२५ को लोकप्रियता छुट्टै छ ।
यही लोकप्रियताको कारण सेग्मेन्टमा निकै कडा प्रतिस्पर्धा सुरु भएको छ । होन्डा साइन १२५ नेपालको सबै क्षेत्रमा उत्तिकै रुचाइएको मोटरसाइकल हो । सहरी क्षेत्र होस् वा पहाड या तराई तीनै क्षेत्रमा होन्डा साइनको राम्रो उपस्थिति पाइन्छ ।तर, टीभीएस रेडर १२५ ले विशेषगरी सहरी क्षेत्रमा आफ्नो अलग पहिचान निर्माण गर्दै गएको छ ।
राइड सेयरिङ एप चलाउने राइडरको रोजाईमा यो मोटरसाइकल धरै परेको पाइन्छ । साथै, आफै कमाएर कम मूल्यमा स्टाइलिस मोटरसाइकल किन्न चाहाने यूवाको रोजाईमा समेत यसले अलग पहिचान बनाएको छ ।होन्डा साइनको संचालन खर्च पनि एकदमै कम छ ।
हेर्दा चिटिक्क परेको स्लीम डिजाइन र उत्कृष्ट माइलेजले धेरैको आवश्यकता मात्रै पुरा गर्दैन, बचत पनि गराउने छ ।स्पोर्टी फिल दिने तथा पावर पर्फमेन्सका साथै ‘लाउड’ साउन्ड मन पराउने यूवाको रोजाईमा टीभीएस रेडर परेको छ । १२५ सीसी क्षमताको
मोटरसाइकल भएता पनि १५० सीसी जस्तो देखिने यो मोटरसाइकलको माइलेज साइनभन्दा कम भएपनि यसको लुक्स तारिफ योग्य छ ।होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले विक्री गर्ने होन्डा साइन दुई मोडल र ४ भेरियन्टमा नेपालमा विक्री गर्दै आएको छ ।
कम्पनीले विक्री गर्ने सीबी साइन एसपी डीएसएसको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ र डिआरएसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, सीबी साइन डीडीएसको मूल्य २ लाख ५९ हजार ९०० र डीआरएसको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारी विक्रेता जगदम्वा मोटर्सले रेडर १२५ को एउटा मात्रै भेरियन्टमा विक्री गर्दै आएको छ । कम्पनीले यसको मूल्य २ लाख ५६ हजार ९०० रुपैयाँ रहेको छ ।
Leave A Comment