Latest
img

चार-पाँच तल्ले घर ठडाएर भाडामा लगाउने सुकुम्बासीलाई कारबाही गर्छौंः मेटमणि चौधरी

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले सुकुम्बासी समस्या समाधान गर्न तत्पर रहेको बताएका छन्। उनले तीन वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न लागिपरेका छौं।

त्यसका लागि सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको र त्यसपश्चात उनीहरूको बर्गीकरण गरिने मन्त्री चौधरीले बताए। साँच्चिकै भूमीहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ। जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि अपार्टमेन्ट बनेको छ।

उनीहरुलाई अपार्टमेन्टमा स्थानान्तरण गर्नेछौं । अपार्टमेन्टमा नअटे हामीले नै भाडा तिरेर अन्यत्र राख्छौं, काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने । उनले सुकुम्बासीका नाममा अनधिकृत घर ठडाएर भाडा असुल्नेलाई कारबाही गर्ने बताए ।सुकुम्बासी बस्तीमा घर ठडाएर भाडा असुल्ने गरेको कुरा पनि हामीकहाँ आएको छ।

त्यस्ता सुकुम्बासी छन् भने त्यसको पहिचान गरेर कानुनी कारबाही गर्छौं,मन्त्री चौधरीले भने। उनले केही सुकुम्बासी भनिएकाहरूले चार-पाँच तल्ले घर बनाएर भाडामा लगाइएको बताए। त्यस्तै सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।

उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए । राष्ट्रपति माओवादी केन्द्र र सभामुख आफ्नो पार्टीको भागमा पर्नेगरि छलफल भइरहेको उनले बताए ।“सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ ।सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुङ्गो लगाउँछौँ”, उनले भने ।

आज यहाँ एक कार्यक्रममा उनले अब पाँच वर्षसम्म यही गठबन्धनको सरकार बन्ने जिकिर गरे । अब गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उनको दाबी छ । मन्त्री चौधरीले कांग्रेसले सरकारको नेतृत्व गर्ने पनि बताए । अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै मन्त्री चौधरीले भने, “अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।

त्योबाहेक अरु खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन ।”मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताए। आफ्नो दलले चुनावमा हासिल गरेको सिट सङ्ख्या अपेक्षित नभए पनि तुलनात्मकरूपमा सन्तोषजनक रहेको उनको भनाइ छ ।

उहाँले काठमाडौँ उपत्यकाभित्र देखिएको सुकुम्बासी समस्या पनि छिट्टै हल गरिने बताउँदै आगामी ३५ दिनभित्र काठमाडौँको सुकुम्बासी समस्या हल गरिने जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment