Latest
img

स्पेनविरुद्ध जापानले बनाएको किर्तिमान र विवादित गोल !

काठमाडौँ । जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समुह चरणबाट नै बाहिरिएको छ । भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एशियाली पावर हाउस जापान समुह विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।

जापानले स्पेनलाई २-१ ले पराजित गर्दै विश्वकपको एक रेकर्ड समेत बनेको छ । पुरै खेलमा जापानको बल पोसेसन जम्मा १७.७ प्रतिशत रहेको थियो । खेल अवधिमा १७.७ प्रतिशत मात्र बल पाएको जापानले खेलमा विजयी नतिजा निकालेर स्पेनलाई स्तब्ध बनायो ।

यो विश्वकपकै इतिहासमा जित हासिल गर्ने टिमको अहिलेसम्मकै कम बल पोसेसन हो ।टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद नतिजा निकाल्न सकेको थियो ।तर जापानको गोल विवाद रहित भने हुन सकेन ।

खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको छ ।

भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक संजाल भारको निर्णयको कडा आलोचना गरिएको छ ।जापानको यस नतिजाले यसै समुहको जर्मनीलाई असर गर्यो । जर्मनी समुहमा तेस्रो हुदै विश्वकपको यात्रा टुंगाउन बाध्य भयो ।

जापानले नै समुह चरणको पहिलो खेलमा जर्मनीलाई पराजित गरेको थियो ।जापान योसहित चौथो पटक विश्वकपको राउण्ड १६ मा पुगेको छ । यस अघि २००२, २०१०, २०१८ मा पनि राउण्ड १६ मा पुगेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment