विश्वकप फुटबलमा गत राति अर्जेन्टिना र पोल्यान्ड समूह चरणको तेस्रो खेलमा खेल्दा अर्जेन्टिनाले २–० ले विजयी भयो । सो जितपछि अर्जेन्टिना समूह ‘सी’बाट विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । सँगै, पराजित पोल्यान्ड पनि अघि बढेको छ ।
सो खेल दौरान अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । खेल ०–० भएका बेला चर्को दबाबपूर्ण समयमा पाएको पेनाल्टी मिस गरेपछि मेस्सी निकै रिसाएका थिए, आफैंसँग । तर, दोस्रो हाफमा युवा खेलाडीले २ गोल गर्दै टिमलाई जिताउँदा मेस्सी पेनाल्टीमा चुक्दा टिमले ठूलो घाटना भने बेहोर्नु परेन ।
अर्जेन्टिनाको जितमा २ जना युवा खेलाडीले १–१ गोल गरेका थिए ।यदि मेस्सीले पेनाल्टी मिस गरेकै कारण टिम हारेर आउट हुनु परेको थियो भने त्यो मेस्सीका लागि जीवनमा सबैभन्दा ठूलो पीडादायी क्षण हुने थियो । दोस्रो हाफमा अर्जेन्टिनाले गोल निकाल्दै खेल जित्दा मेस्सीले पेनाल्टी मिस गरेको कुरा छायाँमा परिहाल्यो ।
टिम हारेको भए यतिबेला मेस्सी सबैभन्दा धेरै आलोचना खेपिरहेका हुन्थे होलान् । गत राति मेस्सीले खेलको ३९औं मिनेटमा प्रहार गरेको पेनाल्टी पोलिस गोलकिपर सिजेस्नीले शानदार बचाएका थिए । उनले मेस्सीले बल हानेकै दिशामा डाइभ हान्दै लडेको अवस्थामा पनि एकै हातले मेस्सीको पेनाल्टी शानदार रोकेर मेस्सीलाई निराश पारेका थिए ।
पेनाल्टी मिस हुँदा मेस्सी ज्यादै निराश देखिएका थिए ।पोल्यान्डविरुद्ध मेस्सीले पेनाल्टी मिस गरेपछि विश्वकप फुटबलको इतिहासमा एक खराब रेकर्ड बनेको छ । विश्वकपको इतिहासमा अब यदि कुनै खेलाडीका दुई पेनाल्टी गोलकिपरले बचाएका छन् भने ती खेलाडी अर्जेन्टिनामका लियोनल मेस्सी बनेका छन् ।
अर्थात्, सजिलो गरी २२ औं विश्वकप हुँदै गर्दा यति लामो यात्रामा कुनै पनि खेलाडीले विश्वकपको मञ्चमा दुईपटक पेनाल्टी मिस गरेको थिएन । मेस्सी नै त्यस्ता पहिलो खेलाडी बनेका छन्, जसमा दुई पेनाल्टी गोलकिपरले बचाएका छन् । व्यक्तिगत रूपमा मेस्सीका लागि यो राम्रो कुरा होइन ।
मेस्सीले विश्वकपमा हालसम्म पेनाल्टी सुटआउट सहित जम्मा ३ पटक मात्रै पेनाल्टी प्रहार गरेका छन्, जसमा उनले पेनाल्टी सुटआउटमा एकपटक गोल गरेका छन् भने त्यसबाहेक २ पेनाल्टीमा दुवै मिस गरेका छन् । उनले अन्तिमपटक २०१८ को रसिया विश्वकपमा समूह चरणमा आइसल्यान्डविरुद्धको खेलमा पनि पेनाल्टी मिस गरेका थिए ।
गत राति मेस्सीले प्रहार गरेको पेनाल्टी दिने निर्णय भने विवादित बन्यो । बक्सभित्र पोल्यान्डका गोलकिपरले बल क्लियर गर्ने क्रममा हात उठाउँदा मेस्सीलाई हलुका लागेको मात्रै थियो । तर, रेफ्रीले सामान्य मुभमै अर्जेन्टिनालाई पेनााल्टी दिएका थिए ।रेफ्रीले नदिनुपर्ने पेनाल्टी दिएर अर्जेन्टिनाको पक्षमा निर्णय दिएको भन्दै खेल खेलाउने रेफ्रीको आलोचना भइरहेको त छ ।
तर, यसरी पाएको पेनाल्टीमा भने मेस्सीले गोल नै गर्न सकेनन् । जारी प्रतियोगितामा मेस्सीले ३ खेल खेल्दा २ गोल गरेका छन्, जसमा एक गोल पेनाल्टीबाट गरेका छन् भने अर्को गोल बक्स बाहिरबाट गरेका छन् । उनले साउदी अरबविरुद्ध पेनाल्टमिार्फत् गोल गर्दा मेक्सिकोविरुद्ध बक्स बाहिरबाट शानदार गोल गरेका थिए ।
समूह चरणबाटै विजेता बनेर अघि बढेको अर्जेन्टिनाले अब क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलिया अर्जेन्टिनामा लागि निकै सहज प्रतिस्पर्धी हो ।
Leave A Comment