Latest
img

‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ४ करोड ८४ लाख ठगीको आरोप

फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ ।फिल्म ‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध चलचित्र निर्माता संघमा आर्थिक लेनदेनको विषयमा उजुरी परेको हो । निर्माता सेनविरुद्ध चलचित्र निर्माता संघमा सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका हुन् ।

भारतको सिक्किम निवासी राम गोपाल राईले मंसिर ११ गते संघमा निर्माता सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार फिर्ताको माग गर्दै उजुरी दर्ता गरेका हुन् । उनले ‘प्रेमगीत ३’को डिजिटल अधिकारका लागि सो रकम तिरेको तर आफूले अहिलेसम्म फिल्मको डिजिटल राइट प्राप्त नगरेको भन्दै उजुरी दिएका हुन् ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक-पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् । राईले निर्माता सन्तोष सेनले तीन करोड भारतीय रुपैँया विभिन्न समयमा लिएको र विभिन्न समयमा टिकट काटिदिएको ४ लाख ५० हजार गरी ४ करोड ८४ लाख ५० हजार सेनले तिर्न बाँकी रहेको जिकिर गरेका छन् ।

उजुरी दर्ता भएपछि निर्माता संघले सेनलाई छलफलका लागि संघको कार्यालयमा बोलाएको छ ।राईले संघमा बुझाएको निवेदनमा निर्माता सेनसँग ‘प्रेमगीत ३’लाई मुम्बईमा हिन्दी स्वरांकन गरेर विश्वव्यापी रिलिज गर्ने विषयमा भेट भएको, निर्माता सेनले फिल्ममा १० करोड लगानी गर्न प्रस्ताव राखेको र

सन् २०२० डिसम्बर ५ मा भारतको मुम्बईमा भेट गरेर फिल्मको वर्ल्डवाइड डिजिटल अधिकार लिने समझदारी गर्दै भारतीय ३ करोड (नेपाली ४ करोड ८० लाख) दिएको उल्लेख छ ।सम्झौता लगत्तै विश्व कोभिडबाट आक्रान्त भएपछि आफूले मानविय हिसाबले रकम नमागेको राईले संघमा बुझाएको

उजुरी पत्रमा भनिएको छ । फिल्म प्रदर्शनपछि सम्झौता अनुरुप आफूले पाउनु पर्ने फिल्मको डिजिटल प्लेटफर्म राइट्सको डिजिटल संकलन कपी उपलब्ध गराउन बारम्बार ताकेता गर्दा पनि निर्माता सेनले विभिन्न बहाना बनाएर सम्पर्कमा नआएको निवेदनमा उल्लेख छ ।

यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको निर्माता संघले जनाएको छ । संघमा केही दिनअघि परेको उजुरीमाथि छलफल गर्न भनेर निर्माता संघले शुक्रबार दुवै पक्षलाई १ बजे संघको कार्यालयमा बोलाएको थियो । तर दुवै पक्ष अहिलेसम्म सम्पर्कमा नरहेको निर्माता संघ स्रोतले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment