अर्जेन्टिनाको क्लब एट्लेटिको टुकुम्यानको प्रशिक्षणका दौरान कोलम्बियाका मिडफिल्डर आन्द्रेस बालान्ताको २२ वर्षको उमेरमा नि’ धन भएको छ ।डेपोर्टिभो कालीबाट एट्लेटिकोमा लोनमा आएका बालान्ता प्रशिक्षण सत्रमा बे’ होस भएपछि अस्पताल भर्ना भएका थिए ।
अस्पतालमा उपचारको क्रममा बालान्ताको मृ’ त्यु भएको एट्लेटिको टुकुम्यानले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।कोलम्बियाको अण्डर २३ टोलिबाट खेलिसकेका बालान्तालाई अस्पतलमा चिकित्सकहरुले ४० मिनटसम्म उपचारमार्फत बचाउने प्रयास गरेका थिए ।
क्लबले जार िगरेको विज्ञप्तिमा लेखिएको छ , ‘आन्द्रेस बालान्ताको मृ’ त्युको बारेमा जानकारी गराउन पाउँदा हामी दुःखी छौं । क्लबका समर्थकहरू आज गहिरो शोदमा छन् । यो दु’ खद समयमा हामी निस्सन्देह उनको परिवार, टोलीका साथीहरू र साथीहरूलाई समर्थन गर्छौं ।’
बालान्ताले अण्डर १७ र अण्डर–२० स्तरमा पनि कोलम्बियाको प्रतिनिधित्व गरेका थिए र सन् २०१९ मा इन्डोनेसियामा भएको उमेर समूहको विश्वकपमा पनि खेलेका थिए ।डिपोर्टिभो कालीका लागि डिफेन्सिभ मिडफिल्डरको भूमिकामा झण्डै १०० खेल खेलेपछि उनी गत सिजन लोनमा एट्लेटिको टुकुम्यानमा सामेल भएका थिए ।
यो पनि – कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबलको समूह चरणको अन्तिमे खेल सकिन लाग्दा गोल्डेन बुटको दौडमा पाँचजना खेलाडी देखिएका छन्। समूह चरणका खेल सकिन लाग्दा पाँच खेलाडीले समान ३ गोल गर्दै आफूलाई गोल्डेन बुट दौडको अग्र स्थानमा राखेका छन् ।
गोल्डेन बुटको स्पेनका स्ट्राइकर अल्भारो मोराटा, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे, इंग्ल्याण्डका मार्कुस रास्फोर्ड, नेदरल्याण्ड्सका कोडी गोप्को र इक्वेडरका इन्नर भ्यालेन्सिया गोल्डेन बुटको दौडमा छन्। यी पाँचैजना खेलाडीले समान ३–३ गोल गरेका छन्। यी पाँचै जना खेलाडीले आफ्नो समूहका तीन खेल खेलिसकेका छन्।
यी पाँच खेलाडीमध्ये भ्यालेन्सियाको देश इक्वेडर प्रतियोगिताबाट बाहिरिसकेको छ। जसकारण गोल्डेन बुट दौडको प्रतिस्पर्धाबाट भ्यालेन्सिया ओझेलमा परेका छन्। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई हरेक विश्वकपमा गोल्डेन बुट दिइँदै आइएको छ।
यदि, खेलाडीहरूको गोल संख्या बराबरी भएको अवस्थामा बढी असिस्ट उपलब्ध गराउनेलाई यो अवार्ड दिइन्छ। गोल संख्या र असिस्ट पनि बराबरी भएको अवस्थामा जसले थोरै मिनेट मैदानमा बिताएको उसैलाई यो अवार्ड दिइन्छ। मोराटा र एम्बाप्पेले १–१ असिस्ट पनि गरेका छन्।
यस्तोमा गोल्डेन बुटकोदौडमा उनीहरू अगाडि छन्। सन् २०१८ मा ६ गोल गर्दै इंग्ल्याण्डका ह्यारी केनले यो अवार्ड जितेका थिए। २०१४ मा भने ६ गोल नै गर्दै कोलम्बियाका जेम्स रोड्रिगेज तथा २०१० मा जर्मनीका थोमस मुलरले ५ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए।
Leave A Comment