Latest
img

कोरिया र पोर्चुगल १ – १ को बराबरी , उरुग्वेले हान्यो २ गोल

फिफा विश्वकप फुटबलमा अहिले समूह ‘एच’मा एकसाथ दुई खेल जारी छन् । एक खेलमा पोर्चुगल र साउथ कोरिया एजुकेसन सिटी रंगशालामा खेलिरहेका छन् । सो खेलमा क्रिस्टियानो रोनाल्डोको टिम र ह्युङ मिन सनको टिमले पहिलो हाफमा १–१ को बराबरी खेलेका छन् ।

केही प्रमुख खेलाडीलाई आराम दिइएको खेलमा पार्चुगलका लागि युवा खेलाडी रिकार्डो होर्ताले खेलको पाँचौं मिनेटमै गोल गरेर अग्रता दिलाए ।डिएगो डालोटले पोस्टको बायाँ लाइन भागबाट दिएको पासमा अगाडि रहेका होर्ताले वान टचमै बललाई जाली चुमाएका थिए ।

पोर्चुगलले खेलाम निकै चाँडो अग्रता लिएर खेल आफ्नो पक्षमा पारेको हो । खेलको १७औं मिनेटमा कोरियाले फ्रि किकको मुभमा गोल गरे पनि त्यो अफसाइड थियो । त्यसपछि ३०औं मिनेटमा पोर्चुगलका लागि कप्तान रोनाल्डोले वान भर्सेस वानमा सजिलै गोल गर्नबाट चुके ।

कोरियाका लागि २७औं मिनेटमा कि योङ ग्वोनले बराबरी गोल फर्काए ।उता, अहिले एकसाथ जारी सोही समूहको अर्को खेलमा घाना र उरुग्वे अल जोनाव रंगशालामा खेलिरहेका छन् । सो खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा २–० को सहज अग्रता लिएको छ ।

अन्तिम १६ मा जान कुनै पनि हालतमा जित्नैपर्ने दबाबमा रहेको उरुग्वेले आवश्यकता र चाहे अनुसार नै पहिलो हाफमा सहज अग्रता बनाएको हो । उरुग्वेका लागि २ वटै गोल युवा खेलाडी जर्जियन डे अरास्काएटाले गोल गरे । उनले दुवै गोल उत्तिकै उत्कृष्ट गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment