Latest
img

घानालाई हराउदा पनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन । घानामाथि २-० को जित हासिल गरेपनि उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरियो ।

कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा पकड जमायो । दोस्रो हाफमा घानाले केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन ।

प्रशिक्षक डिएगो अलोन्सोले अन्त्यतिर कोरिया बराबरीमा रहँदा खेलाडी परीवर्तन गर्नु निर्णायक सावित भयो ।घानाले खेलको १७ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए ।

रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो ।उरुग्वेले खेलको २७ अ‍ौं मिनेटमा अग्रता लियो । जिअर्जिअन डे अरासेटाले गोललाइन नजिकबाट बललाई पोस्टभित्र छिराउँदै यस विश्वकपमा उरुग्वेको पहिलो गोल गरे ।

लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लरेन्स इटि जिगीले बचाएपनि रिबाउन्डमा अरासेटा गोल गर्न तैनाथ थिए ।अग्रता दिलाएको ५ मिनेटमै अरासेटाले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक सुआरेजले दिएको पासलाई अरासेटाले शक्तिशाली प्रहारमा गोल गरे ।

उनले हावामा आएको पासलाई पहिलो टचमै हाफ भलीमा सुन्दर फिनिस गरे ।यस नतिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे ।

दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया उपविजेता बन्दै अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment