नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीलाई नेपाली नागरिकता दिनु देशघाती हुने बताएका छन् ।
प्रतिनिधि सभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिदै सांसद सुवालले कुनैपनि निहुँमा विदेशीलाई नेपाली नागरिकता दिनु देशघाती हुने बताएका हुन् ।
सुवालले भने, ‘नागरिकता विधेयक पास भयो, फिर्ता भयो । फेरि हामीले पास गर्यौं भने एक दुईवटा निर्वाचनपछि सांसद र मन्त्रीसमेत नेपाली लेन्डुप दोर्जेहरु बन्नेछन् ।
अन्ततः नेपाल सिक्कीम र फिजी बन्ने खतरा छ । यो इतिहासले देखाएको कुरा हो ।’
विधेयकमा नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलाले तत्काल नागरिकता पाउने व्यवस्था रहेको भन्दै यो मान्य नहुने उनको भनाइ छ।
नेपाली नागरिकले भारतीय महिलासँग विवाह गरेमा सात वर्ष र अमेरिका, बेलायतमा तीन वर्ष कुर्नुपर्ने प्रावधान छ,हामीकहाँ पनि समय सीमाको व्यवस्था हुनुपर्ने माग गरे।
Leave A Comment