घानाका मुख्य प्रशिक्षक ओटो एडोले आफ्नो पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ को समूह चरणबाटै बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।विश्वकप २०२२ मा घानाले समूह ‘एच’ मा तीन खेलमा केवल एक खेलमा मात्रै जित निकाल्न सफल भएको थियो ।
दक्षिण कोरियालाई ३–२ ले हराएको घानाले पोर्चुगलसँग ३–२ ले तथा उरुग्वेसँग २–० ले पराजित हुँदै समूहमा पुछारमा रह्यो ।४७ वर्षीय घानाका पुर्व मिडफिल्डर एडोले गत फेब्रुअरीदेखि टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । तत्कालिन प्रशिक्षक मिलोभान राजेभाकलाई प्रतिस्थापन गर्दै उनी टोलीको मुख्य प्रशिक्षक बनेका थिए ।
त्यसपछि उनको सम्झौता यसै विश्वकप अर्थात डिसेम्वरसम्म रहेको थियो ।त्यसअघि उनले सहायक प्रशिक्षकको रुपमा घानाको टोलीमा काम गरेका थिए । उनले जर्मन क्लब बोरुसिया डर्टमन्डमा पनि प्रतिभा प्रशिक्षकको भूमिका निभाएका थिए । त्यसैबाट उनी डर्टमुन्डको सहायक प्रशिक्षक बनेका थिए ।
लुसियन फाब्रेको बर्खास्तीपछि उनी डर्टमुन्डको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए । त्यसबेला उनले जर्मन डिएफवी पोकल जितेका थिए ।२५ सेप्टेम्वर २०२१ मा उनी घानाको पुरुष फुटबलसँग जोडिएको थियो । जर्मनीको ह्यामवर्गमा जन्मिएका उनले आफ्नो खेल र कोचिङ करियरको अधिकांश समय जर्मनीमा बिताएका छन् ।
उनको प्रशिक्षणमा घानाले १२ खेल खेल्दा ४ जित, ३ बराबरी र ५ हारको नतिजा निकालेको छ ।‘मैले सधैं भनेको थिएँ कि यदि हामी विश्वकपका लागि छनोट भयौं भने म विश्व च्याम्पियन भए पनि पछि राजीनामा दिनेछु ।’ उनले भने, ‘मेरो परिवारले हाम्रो भविष्य जर्मनीमै देखेको छ ।
फुटबल सुन्दर छ, कहिलेकाहीँ यो कुरूप छ । यो आज हाम्रो लागि कुरूप छ । हामीले सिक्नु पर्छ र म विश्वस्त छु कि हामी भविष्यमा यसबाट सिक्ने छौं ।’
Leave A Comment