कतारमा जारी फिफा विश्वकप फुटबलमा दक्षिण अमेरिकी देश ब्राजिल समूह चरणको तेस्रो खेलमा पराजित भएको छ । गत राति भएको खेलमा ब्राजिललाई क्यामरुनले अन्तिम समयमा गोल गर्दै १–० को अन्तरमा स्तब्ध पारेको हो ।
सुरुका वटै खेल जितेर अन्तिम खेलअघि नै नकआउटमा पुगेकाले गत रातिको खेल ब्राजिलका लागि कम महत्त्वको थियो, जहाँ ब्राजिलका प्रशिक्षकले केही प्रमुख खेलाडीलाई आराम दिएका थिए । तर, टिमले त्यसको मूल्य चुकाउनुपर्यो । तुलानात्मक रूपमा निकै कमजोर टिमसँग ब्राजिलले हार पन्छाउन सकेन ।
अन्तिम १६ को खेलअघि उसले अपेक्षा नगरेको हो बहोर्यो ।गत राति यो खेल हुनुअघि ब्राजिल एक मात्रै त्यस्तो टिम थियो, जसले समूह चरणका ३ वटै खेल जितेर ९ अंक बनाएर अन्तिम १६ मा जान सक्थ्यो । तर, ब्राजिल पनि अन्तिम खेलमा हार बेहोर्न बाध्य भयो ।
र, कुनै पनि देशले समूह चरणका ३ वटै खेल जित्न सकेनन् । अहिले फिफा वरीयतामा पहिलो स्थानमा रहेको ब्राजिललाई ४४औं स्थानको क्यामरुनले खेलको इन्जुरी समयमा गोल गर्दै विश्वकपको पहिलो हार चखाएको हो । यो हारसँगै ब्राजिलको लामो अपराजित यत्रामा पनि पूर्णविराम लगाइदियो ।
अन्तिम १६ को महत्त्वपूर्ण खेलअघि ब्राजिलका लागि यो खराब नतिजा हो । तर, हारका बीच पनि ब्राजिल समूह विजेता नै बन्न सफल भएको छ ।ब्राजिललाई जिते पनि क्यामरुन अन्तिम १६ मा जान भने सकेन । सोही समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले सर्बियालाई ३–२ ले हराएपछि क्यामरुनको अन्तिम १६ जाने सपना पूरा भएन ।
यदि अर्को खेलमा सर्बियाले जितेको थियो भने क्यामरुनको अन्तिम १६ जाने सम्भावना थियो । तर, स्वीस टिमले जितेपछि क्यामरुले ब्राजिललाइ हराए पनि उसको जितको खास अर्थ भने रहेन । यत्ति हो, उसले विश्वकपबाट आउट भए पनि अन्तिम खेलमा ब्राजिलजस्तो बलियो टिमलाई हराएर घर फर्किएको छ ।
४४औं स्थानको क्यामरुनले विश्वकपको मञ्चमा फिफा वरीयताको १ नम्बर टिमलाई हराउनु सामान्य कुरा होइन ।गत राति ब्राजिलविरुद्ध जित दिलाउन क्यामरुनका खेलाडी कप्तान समेत रहेका भिन्सेन्ट अबुबबारले खेलको इन्जुरी समय ९१औं मिनेटमा हेडिङ गोल गरेका थिए ।
लामो पासमा उनले ब्राजिलका ३ जना खेलाडीका बीचबा हेडिङ गोल गरेका थिए । उनको हेडिङमा ब्राजिलका गोलकिपर बचाउन प्रयास समेत गर्न पाएनन् । गोलकिपर एर्डसन ठिङ्ग उभिएर बलले जाली चुहेको हेर्न मात्रै भ्याए । विजयी गोल गरेपछि कप्तान भिन्सेन्टले भने दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडे ।
उनले त्यसअघि नै एक पहेंलो पाइसकेका थिए ।इन्जुरी समयमा ब्राजिलविरुद्ध विजयी गोल गरेपछि सेलिब्रेसन गर्ने क्रममा जर्सी खोलेपछि क्यामरुनका कप्तानले दोस्रोपटक पहेंलो कार्ड खाएका थिए । गोल खाएपछि ब्राजिलले गोल फर्काउन सकेन र, खेल क्यामरुनले १–० ले जित्यो ।
गत रातिको खेलमा ब्राजिलका प्रशिक्षक टिटेले फ्रन्ट लाइनमा ग्याब्रियल मार्टिनेल्ली, रोड्रिगो र एन्टोनीलाई सुरुआतबाट खेलाएका पनि कुनै पनि फरवार्डले गोल निकाल्न नसक्दा ब्राजिल स्तब्ध बन्यो । खेलमा ब्राजिलले सुरुआतबाटै एकपक्षीय पकड राखे पनि उसले गोल निकाल्न नसक्दा यस प्रतियोतिगामा पहिलो हार भोग्यो ।
र, ३ वटै खेल जितेर अन्तिम १६ मा जाने अवसर गुमायो ।यस खेलमा ब्राजिलले क्यामरुनविरुद्ध ६५ प्रतिशत बल पकडमा राख्दा उसले २१ पटक सट प्रहार गरेकोमा ७ वटा सट अन टार्गेट थिए । तर, क्यामरुनका गोलकिपरले ब्राजिलका सबै प्रहारलाई निस्तेज पारिदिए । क्यामरुनक गोलकिपर नै खेलको म्यान अफ् द म्याच पनि चुनिए ।
उता, क्यामरुनले ब्राजिलविरुद्ध ७ पटक सट प्रहार गर्दा ३ वटा मात्रै अन टार्गेट थिए । ब्राजिललाई हराएपछि क्यामरुनले ४ अंकका साथ तेस्रो स्थानमा रहेर आट भयो । पराजित ब्राजिल ६ अंकका साथ समूह विजेता बनेर अन्तिम १६ मा गयो ।सर्बियालाई पराजित गर्ने स्वीट्जरल्यानड पनि ६ अंकका साथ उपविजेता बन्यो ।
Leave A Comment