Latest
img

नकआउट पुग्ने टिमको टुंगो लाग्यो, अन्तिम १६मा कसको प्रतिद्वन्द्वी को ?

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पक्का भएको छ ।अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ । इंग्ल्यान्डले सेनेगलको सामना गर्दा अर्जेन्टिना र अष्ट्रेलिया भिड्नेछन् ।

पोल्यान्डले फ्रान्सको सामना गर्नेछ भने क्रोएसियाले जापानविरुद्ध खेल्नेछ । स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा पुग्न ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ । त्यस्तै अन्तिम १६ मा पोर्चुगलले स्विटजरल्यान्डको सामना गर्नेछ ।समूह ए बाट नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बन्यो ।

सेनेगल ६ अंक जोड्दै समूह उपविजेताको रुपमा अघि बढेको हो । ४ अंक जोडेको इक्वेडर र अंकविहिन कतार समूह चरणबाट बाहिरीए ।समूह बी मा इंग्ल्यान्ड ७ अंकसाथ शीर्षस्थानमा रहयो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गर्यो ।

३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्सले समूह चरण पार गर्न सकेनन् ।समूह सी मा अर्जेन्टिना समूह विजेता बन्यो । पहिलो खेल हारेपनि अर्जेन्टिनाले पछिल्लो दुई खेल जित्दै ६ अंक जोड्यो । पोल्यान्ड र मेक्सिको समान ४-४ अंक जोडेपनि गोलअन्तरमा पोल्यान्ड अघि बढ्यो ।

साउदी अरेबिया ३ अंकसहित पुछारमा रह्यो ।समूह डी मा फ्रान्स शीर्ष स्थानमा रहयो । अन्तिम खेलमा ट्युनिसियासँग हारेको सावित विजेता फ्रान्सले ६ अंक जोड्यो । अष्ट्रेलियाले फ्रान्ससँग पहिलो खेल हारेपछि लगातार जित दर्ता गर्दै ६ अंकका साथ नकआउट चरणमा स्थान बनायो ।

४ अंक जोडेको ट्युनिसिया र १ अंक जोडेको डेनमार्क समूह चरणबाट बाहिरीए ।समूह ई मा जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो ।

स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रहयो । कोस्टारिका ३ अंकका साथ चौथो हुँदै बाहिरियो ।समूह एफ मा मोरक्कोले ७ अंक जोड्दै शीर्षस्थान हासिल गर्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम ४ अंक जोड्दै समूह चरणबाट बिदा भयो । क्यानाडा अंकविहिन रहँदै बाहिरियो ।

समूह जी मा ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुन ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।

समूह एचमा पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment