एजेन्सी। दुनियाँमा किस्साहरू अनेक प्रकारका सुन्न पाइन्छ। हालै एक बेहुलीले ब्युटी पार्लरमा गएर आफ्नो बिहेका लागि ५० हजारभन्दा बढीको मेकअप गराए पैसा नतिरी भागेपछि चर्चा चुलिएको छ। यो घटना बेलायतको योर्क शहरको हो। जहाँ यी चतुर बेहुलीले ब्युटी पार्लरकी युवतीलाई मेकअप गराएपछि पागल बनाइन् ।
बेहुलीले आफ्नो र बहिनीको मेकअप पार्लरमा गराएकी थिइन ।ब्युटीपार्लर चलाउने शार्लोट ब्रिजेसले सेप्टेम्बर २८ मा एक युवतीबाट मोबाइलमा मेसेज आउँछ। मेसेजमा आफ्नो छिटै बिहे हुने र तुरुन्तै मेकअप गर्नुपर्ने लेखेको हुन्छ। ब्युटीपार्लरसंचालिका शार्लोटले उनका लागि मेकअप गरिदिने निधो गरिन।
उनले करिब २ घण्टासम्म बेहुली सिङ्गार मेकअप गरिन्। मेकअप गर्न आएकी यी महिलासँगै उनकी बहिनी पनि थिइन् ।बेहुलीको मेकअप पुरा भएपछी उनले पैसा कारमै छुटेको भन्दै पैसा लिन कार भएतिर लागिन्। उता दिदीको प्रतीक्षामा बसेकी बहिनि दिदि केही बेर सम्म पनि नआएपछि बहिनी भेट्न गइन् र दुवै जना पैसा नदिई त्यहाँबाट भागे ।
ब्युटीपार्लरका मालिक शार्लोटले योर्कशायर प्रहरीलाई घटनाबारे जानकारी गराएकी गराईसकेकी छिन् । सिसिटिभी उपलब्ध नभएको उक्त ठाउँमा ब्युटीपार्लर संचालिकाले मेकअप गर्नुपूर्व त्यी दुलहीको फोटो लिएकी थिइन ताकि मेकअप पश्चात कस्तो देखिन्छिन भनेर उनैलाई देखाउन सकियोस। प्रहरीले अहिले त्यी फोटोहरुका आधारमा दुलहीका दिदीबहिनीलाई खोजिरहेको छ।
यो पनि -भन्छन्, मुटुको बाटो पेट हुँदै जान्छ । तर यो कुरा एक भनाईमा सिमित नभएर वास्तविक बनेको छ ।पाकिस्तानका एक व्यक्तिले स्वादिष्ट मटन (खसीको मासु) बनाएर युवतीलाई यसरी प्रभावित गरे कि कुरा बिहेसम्म पुग्यो ।
अहिले यो जोडीको प्रेमकथा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनीहरुको कुनै चलचित्रको दृश्य भन्दा कम छैन । पहिले झगडा, त्यसपछि प्रेम भयो ।तपाईं यसलाई एकतर्फी प्रेमका रुपमा पनि लिन सक्नुहुन्छ । युवतीलाई आफ्नो माया जालमा पार्नका लागि ती पुरुषले नोकरको रुपमा काम गर्न थाले ।
अनि खसीको मासु खुवाएर आफ्नो माया जालमा पारेर बिहेसम्म गर्न भ्याएका हुन् ।यो कहानी २२ वर्षीया आलिया र ५५ वर्षीय रफिकको हो । यो जोडीको प्रेम कहानी पाकिस्तानी युट्युबर सैयद बासित अलीले आफ्नो च्यानलमा सेयर गरेका छन् । दुबैले पहिलो पटक एक अर्कालाई रिक्सामा भेटेका थिए ।
तर त्यहाँ केही गडबड हुँदा आलियाले रफिकलाई एक थप्पड हानेकी थिइन् । प्रेमकथा सुनाउँदै रफिकले भने, ‘हामी दुबैजना रिक्सामा भेट्यौं । रिक्सामा अर्को केटा थियो, जसले आलियालाई हेरिरहेको थियो ।मैले त्यो केटाको प्रतिकार गरें, हामीबीच झगडा भयो र मैले उसलाई धेरै पिटें ।
त्यसपछि मैले आलियालाई देखेँ, उनी रिसाएकी थिइन् । मलाई धन्यवाद दिनुको सट्टा आलियाले मलाई थप्पड हानिन् ।’ पहिलो भेटको बारेमा कुरा गर्दै आलियाले भनिन्, ‘रफिकले मलाई रिक्सामा सवार अरू केटाभन्दा बढी हेरिरहेको थियो, त्यसैले मैले उसलाई थप्पड हानें ।
तर त्यतिबेला उनी यति दयालु छन् भन्ने थाहा थिएन ।’ अब आउँछ कथाको रोचक भाग । आलिया रिक्साबाट ओर्लिएपछि रफिकले उनलाई पछ्याउँदै घरसम्म पुगेका थिए । त्यसपछि उनी फर्किए अनि भोलिपल्ट फेरि आलियाको घर पुग्न भ्याए । रफिक आएपछि आलियाले ढोका खोलिन्, रफिकसँग रिसाउन थालिन् ।
रफिक केही नबोली फर्किए । यो क्रम तीन दिनसम्म चल्यो । त्यसपछि चौथो दिन रफिकले आलियालाई घरमा कुनै काम छ कि भनेर सोधेका रहेछन् । आलियाले दु:खी हुँदै रफिकलाई खाना पकाउने काम दिइन् । रफिकले आलियाको घरमा प्रवेशपछिको कथा पनि सुनाएका छन् ।
उनले भने, ‘मैले राम्ररी पकाउँछु र घरका अन्य सबै काम पनि गर्छु भनेँ ।’ आलियाको अनुरोधमा रफिकले पहिलो दिन हांडीको मटन बनाए । आलियालाई रफिकको हातको खाना यति मन पर्यो कि उनी रफिकको मायामा पागल भइन् ।आलियाले भनिन्,
‘जुन प्रकारको खाना पकाएर यसले मलाई खुवाउँछ यस्तो खाना अरुले पकाउन सक्दैन् । यदि यो टाढा गयो भने, म कसम खान्छु म धेरै दु:खी हुनेछु ।’ रफिक–आलियाको आफ्नै व्यवसाय चलिरहेको छ ।
Leave A Comment