Latest
img

अमेरिकाबिरुद्द नेदरल्यान्डको ३ -१ को अग्रता

फिफा विश्वकप कतार २०२२ मा आज (शनिबार) देखि नकआउट चरणको खेलमा अन्तर्गत नेदरल्यान्ड र अमेरिका बिचको खेलमा नेदरल्यान्डले ३ -१ गोलको अग्रता लिएको छ ।नेदरल्याण्डका लागि पहिलो गोल मेम्फिस डिपेइले १० मिनेटमा गरेका थिए ।

पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि अमेरिकी टोली आक्रमण बुन्न भने सकिरहेको छैन । विपक्षी हाफमा पुगेपछि अन्तिम पास निकाल्न अमेरिकी मिडफिल्डलाई कठिनाइ भइरहेको छ । यता नेदरल्यान्ड्स अग्रता लिएसँगै अमेरिकाविरुद्ध संयमित रुपमा खेलिरहेको छ ।

काउन्टर अट्याकमा तीव्र आक्रमण बुनिरहेको टोली अमेरिकालाई बल राख्न दिएपनि रक्षात्मक रुपमा बलियो देखिएको छ ।खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । डिपाएले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक म्याट टर्नरले बचाउने अवसर नै पाएनन् ।

अमेरिकाले जारी विश्वकपमा ओपन प्लेबाट खाएको यो पहिलो गोल हो ।४२ औं मिनेटमा अमेरिकी फरवार्ड टिम वेहको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्द्रिज नोपेर्टले विफल पारे । क्लिअर हुन नसकेको बलमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट अचानक गरेको प्रहार नोपेर्टले बचाएका थिए ।

लगत्तै सर्जिनो डेस्ट बल लिएर पेनाल्टी क्षेत्र भित्रसम्म पुगेपनि उनले अन्तिम प्रहार गर्न भने पाएनन् ।तर इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २-० ले अघि बढाए । पुन: एकपटक दायाँ विंगबाट डम्फ्रिजको क्रसमा ब्लिन्डले पहिलो टचमै गरेको प्रहार दुई डिफेन्डरको बीचबाट गोल भयो ।

दोश्रो हाफ मा १ अमेरिकाले १ गोलको जवाफ फर्कायो तर लगतै नेदरल्यान्डले १ गोल गर्दै ३ -१ को अग्रता सहित खेल जारी छ ।खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि अन्तर्राष्ट्रिय रंगशालामा जारि छ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो ।

समूह चरणमा वेल्स र इंग्ल्यान्डसँग बराबरी खेल्दा इरानलाई १–० ले हराएर अमेरिकाले समूहमा अपराजित रहेर नकआउट चरणमा स्थान बनाएको हो ।अमेरिका सन् २००२ पछि पहिलोपटक क्वाटरफाइनल पुग्ने योजनामा मैदान उत्रनेछ । अमेरिका सन् २००६ मा समूह चरण,

२०१० र २०१४ मा अन्तिम १६ बाटै बाहिरिदा २०१८ को लागि भने छनोट हुनै सकेन ।अमेरिकासँग म्याट टर्नर, क्यामरन कार्टर भिकर्स, सर्जिनो डेस्ट, आरोन लङ्ग, शक मुर्, टिम रिम, एन्टोनी रबिन्सन,, जो स्केली, डीआन्द्रे यडलिन, वाल्कर जिम्मरम्यान, ब्रेन्डन आरोनसन र कलिन अकोस्टा छन् ।

यस्तै टाइलर एडम्स, लुका डे ला टोरे, वेस्टन मकेनी, युनुस मुसा, क्रिस्टियन रोल्डान, जेसस फरेरा, जोर्डन मोरिस, जिओ रेइना, टिम वेह र हाजी राइट छन् । तर, चाेटका कारण क्रिस्टियन पुलिसिच र जश सार्जेन्टले खेल्ने सम्भावना न्युन छ ।यता, तीनपटक सन् १९७४,

१९७८ र २०१० को विश्वकपको फाइनल खेलेको डच टिम अमेरिकाको चुनौती पन्छाउँदै क्वाटरफाइन्ल पुग्ने लक्ष्यमा हुनेछ । समूहमा सेनेगल र कतारलाई समान २–० ले हराउँदा इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको नेदरल्यान्ड् पनि समूहमा अपराजित नै रह्यो ।

सर्वाधिक गोलकर्ताको दौडमा रहेको कोडी गाक्पो र मेम्फिस डिपाएसँगै एन्द्रिज नोपर्ट, नाथन आके, डेली ब्लिन्ड, भर्जील भान डाइक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, म्याथिस डे लिग्ट, टिरेल मालासिया, जुरीएन टिम्बर र स्टेफान डे भ्रिज छन्र ।यस्तै स्टिभन बर्घिअस, फ्रेन्की डे जोङ, डाभी क्लासेन, तिउन कुप्मेनर्स,

मार्टेन डे रुन, जाभी सिमोन्स, केनेथ टेलर, स्टिभन बर्गवाइन, भिन्सेन्ट जानसन, लुक डे जोङ, नोअ लांग र वुट वेघर्स्ट छन् ।नेदरल्यान्ड्स र अमेरिकाबीच हालसम्म पाँटपटक भेट भएको छ । नेदरल्यान्ड्सले ४ खेल जितेको छ । एक खेल अमेरिकाले जितेको छ ।

पछिल्लोपटक अमेरिकाले सन् २०१५ मा नेदरल्यान्ड्सलाई उसकै मैदानमा ४–३ को रोमाञ्चक जित निकालेको थियो ।त्यसयता यि दुई टोली पहिलोपटक खेल्न लागेको हो । पछिल्लो भेटमा जित निकालेका कारण पनि अमेरिका उच्च मनोवलका साथ अमेरिका मैदान उत्रनेछ । नेदरल्यान्ड्स उक्त हार भुल्दै जितको लक्ष्यमा हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment