Latest
img

अस्ट्रेलियासँगको खेल बारे बल्ल बोले मेस्सी, तान्यो फुटबल जगतको ध्यान !

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियासँग समान गर्दैछ । यो खेल नेपाली समयअनुसार शनिबार राति १२ः४५ मा सुरु हुनेछ । अहमद बिन अली स्टेडियममा हुने उक्त खेलमा दुवै टिम जित हात पार्दै क्वार्टरफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रदै छन् ।

अर्जेन्टिना र अस्ट्रेलिया १५ वर्षपछि एकअर्कोको सामना गर्दैछन् । यी दुई टोलीले हालसम्म सात खेलमा एकअर्कोको सामना गरिसकेको छन् । जसमा अर्जेन्टिनाले पाँच र अस्ट्रेलियाले एक जित हात पारेको छ । यी दुई टोलीबीचको एक खेल भने बराबरीमा सकिएको छ ।

अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले नकआउटमा अस्ट्रेलियालाई कमजोर नठान्ने बताएका छन् ।‘अस्ट्रेलिया पनि राम्रो लयमा छ । हामीले अस्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । अस्ट्रेलियाविरुद्धको खेल निकै कठिन हुनेछ,’ मेस्सीले नकआउट म्याच खेल्नुअघि भनेका छन्, ‘कोहीले कसैलाई पनि हराउन सक्छ ।

विश्वकपमा सबै टिम समान छन् । हामीले सधैँ जस्तै राम्रो तरिकाले खेलको तयारी गर्नुपर्छ ।’अगाडी उनेले भने, ‘हामी शान्त भएर खेल्नुपर्छ । यससँगै अब अर्को विश्वकप सुरु भएको छ । आशा छ हामीले लयलाई निरन्तरता दिन सक्नेछौँ ।’स्सी आज यो खेल जिताएर टिमलाई प्रतियोगितामा एक कदम अघि बढाउन चाहन्छन् ।

अर्को अर्थमा ३५ वर्षका खेलाडीका लागि आजको खेल करियरको १०००औं खेल हुनेछ । आज राति अर्जेन्टिनाले विश्वकपको मञ्चमा अस्ट्रेलियाको सामना गर्दा मेस्सीका लागि यो समग्र खेल जीवनको १०००औं खेल हुनेछ ।सिजन २००४–०५ बाट स्पेनिस क्लब बार्सिलोनाबाट फुटबलको

यात्रा सुरुआत गरेका मेस्सी पछिल्लो समय फ्रान्सको क्लब पिएसजीबाट खेलिरहेका छन् । मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सन् २००५ सालबाट खेल्न थालेका थिए । यी तीन फरक–फरक टिमका साथ खेल्दै आएका मेस्सीले हालसम्म कूल ९९९ खेल खेलिसकेका छन् ।

आज राति विश्वकपका अस्ट्रेलियाविरुद्ध खेल्दा मेस्सीले १ हजार खेल खेल्नेछन् । यो उनका लागि करियरको एक खास कोसेढुंगा हुनेछ । मिठो कुरा के छ भने, मेस्सीले जीवनको १०००औं खेल विश्वकपको मञ्चमा खेल्दैछन् ।मेस्सीले हालसम्म ९९९ खेल खेल्ने क्रममा अर्जेन्टिनाका लागि १६८ खेल खेलेका छन् ।

लामो समय बार्सिलोनामा खेल्दा उनले त्यहाँ १७ वर्षको दौरान ७७८ खेल खेलेका छन् । डेढ वर्षअघि पिएसजीमा पुगेका मेस्सीले सो क्लबका लागि हालसम्म ५३ खेल खेलेका छन् । जसमा उनले अर्जेन्टिनामा लागि ९३ गोल गर्दा पिएसजीका लागि २३ गोल र बार्सिलोनाका लागि ६७२ गोल गरेका छन् ।

समग्रमा उनले हालसम्म ९९९ खेलबाट ७८८ गोल गरेका छन् । मेस्सी अब करियरको ८०० गोलबाट मात्रै १२ गोलले टाढा छन् ।आजबाट सुरु भएको अन्तिम १६ को खेल अन्तर्गत दोस्रो खेलमा अबको केहीबेरमा प्रतीक्षित खेलमा अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैछ ।

सो खेलका लागि अर्जेन्टिाका प्रशिक्षक लियोनल स्कालोनीले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेका छन् ।क्वार्टरफाइनल प्रवेशका लागि निर्णायक खेलमा स्कालोनीले फ्रन्ट लाइनमा कप्तान लियोनल मेस्सीका साथमा युवा खेलाडी जुलियन अल्भारेजलाई राखेका छन् ।

शारीरिक रूपमा फिट नरहेका एन्जल डि मारियाको स्थानमा आज पापु गोमेजले स्थान पाएका छन् । उनी विङबाट खेल्नेछन् । गोल पोस्टमा इमी मार्टिनेज ठीकठाक रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment