Latest
img

Breaking: मेस्सिले गरे १ गोल

फिफा विश्वकप कतार २०२२ को नकआउट चरणको दोस्रो खेलमा आज (शनिबार) भएको अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेलमा लिओनल मेस्सिले १ गोल गरेका छन। मेसीले अर्जेन्टिनालाई पहिलाे गाेलकाे सफलता दिलाएका छन्। उनले ३५ मिनेटमा आकर्षक गाेल गरे।

खेलको ३०औं मिनेटसम्म निकै सुस्त र अल्छीलाग्दो खेलेको अर्जेन्टिनाका लागि मेस्सी ३५औं मिनेटमा मेस्सीले बक्स भित्रबाट लो सटमा हानेको शक्तिशाली सटलाई अस्ट्रेलियाका २ जना डिफेन्डरले ब्लक गर्न नसक्दा सोझै जाली चुमेको थियो । मेस्सीको सो गोलमा निकोलस ओटामेन्डीले असिस्ट प्रदान गरेका थिए ।

अर्जेन्टिनाले अस्ट्रेलियाको पोस्टमा हानेको पहिलो अन टार्गेट सटमै गोल गर्न सफल भएको थियो ।सो गोल हुनुअघि अर्जेन्टिनाले एकपटक पनि अन टार्गेट सट प्रहार गर्न सकेको थिएन । खेलको ३१औं मिनेटसम्म पनि अर्जेन्टिनाको जम्मा सट एउटा मात्रै थियो ।

तर ३५औं मिनेटमा अर्जेन्टिनाको दोस्रो सटका रूपमा मेस्सीको प्रहार गोलमा परिणत हुन पुग्यो । सो गोलअघि अर्जेन्टिनाले एकपटक पनि गोलका अवसर बनाउन सकेको थिएन । तर, मेस्सीले ढिला गरी खेलमा गति सिर्जना गरेकै छाडे ।अर्जेन्टिनाले अस्ट्रेलियाको पोस्टमा पहिलो सट १३औं मिनेटमा हानेको थियो ।

पापु गोमेजले हानेको सो सट पोस्टभन्दा निकै माथिबाट आकाशतर्फ उडेको थियो । यता, २९औं मिनेटमा अस्ट्रेलियाले फ्रि किकमार्फत अर्जेन्टिनाको बक्समा एएक मुभबनाए पनि त्यहाँ राम्रो अवसर सिर्जना हुन सकेन । अस्ट्रेलिया पहिलो हाफमा एकपटक भन्दा बढी सट प्रहार गर्न सकेन, त्यो पनि अफ् टार्गेट रह्यो ।

खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि अहमेद विन अली स्टेडियममा जारि छ । समूह चरणको पहिलो खेलमा हार त्यसपछि लगातार दुई जित अर्जेन्टिना र अष्ट्रेलियाले अन्तिम १६ मा पुग्दाको यात्रा हो ।भलै अर्जेन्टिना समूह सी को विजेता बन्दा अष्ट्रेलिया डी को उपविजेता बन्यो ।

नकआउट चरणम पुग्न एकै बाटो अपनाएको यि दुई टोलीको लक्ष्य पनि एकै अन्तिम आठमा पुग्ने नै हुनेछ ।लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ ।आफ्नो करिअरको अन्तिम विश्वकप भनिसकेका ३५ वर्षीय मेस्सीले पाँचौपल्ट विश्वकप खेलिरहँदा टोलीलाई च्याम्पियन बनाउने लक्ष्यमा छ ।

सन् २०१४ को विश्वकपमा उपाधि नजिकै पुगेर पनि त्यो बाटोमा जर्मनी तगारो बन्यो । अतिरिक्त समयमा मोरियो गोट्जेले गोल गरे ।२०१८ मा प्रि–क्वाटरफाइनलमै फ्रान्स बाधक बन्यो । त्यसबेला फ्रान्स नै च्याम्पियन बन्यो । अष्ट्रेलियाको चुनौती पन्छाउँदै अर्जेन्टिना अगाडि बढ्न चहान्छ ।

विश्वविजेता फ्रान्ससँग पराजित भएपनि ट्युनिसिया र डेनमार्कलाई हराएर अघि बढेको अष्ट्रेलिया कमजोर प्रतिद्धन्द्धी भने होइन ।त्यसकारण अर्जेन्टिना खेलमा सचेत छ ।एसियाली राष्ट्र साउदीसँग अग्रता लिनुका बावजुत पराजित भएको अर्जेन्टिनाले त्यसपछि मेक्सिको र पोल्यान्डमाथि समान २–० को जितमा गज्जवको फुटबल खेलेको छ ।

अर्जेन्टिना त्यही प्रदर्शनलाई अष्ट्रेलियाविरुद्ध निरन्तरता दिदै जितको लक्ष्यमा हुनेछ ।अर्जेन्टिनाले एसियाली टोलीविरुद्ध हार भोगेको पनि यसैपल्ट साउदीसँग हो । अष्ट्रेलिया त्यसैलाई दोहो¥याउने अर्काे एसियन टोली बन्ने योजनामा रहँदा अर्जेन्टिना त्यो घाउ चिर्दे उपाधितर्फ अघि बढ्ने योजनामा हुनेछ ।यता, सन् २००६ मा अन्तिम १६ मा पुगेयता पहिलोपल्ट

समूह चरण पार गरेको अस्ट्रेलिया पनि दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्न चहान्छ । टाेलीमा नाम चलेका खेलाडी नरहेपनि संगठित प्रदर्शन नै उनीहरुकाे ठुलाे शक्ति हाे । अनुभवी म्याथ्यु लेकी र अवेर माविलकाे प्रदर्शनले नै टाेलीकाे यात्रा तय गर्नेछ ।

यि दुई टोली विश्वकपमा पहिलोपल्ट भिड्न लागेको हो । कन्फेडेरेसन कप र मैत्रीपूर्णगरी यि दुई टोली हालसम्म ७ पटक खेलेका छन् । जसमा अर्जेन्टिनाले ५ खेल जितेको छ भने अस्ट्रेलियाले एक खेलमा सफलता पाएको छ । एक खेल बराबरीमा सकिएको छ ।

पछिल्लोपल्ट सन् २००७ मा अर्जेन्टिनाले अस्ट्रेलियालाई १–० ले पराजित गरेको थियो ।मेस्सी आज यो खेल जिताएर टिमलाई प्रतियोगितामा एक कदम अघि बढाउन चाहन्छन् । अर्को अर्थमा ३५ वर्षका खेलाडीका लागि आजको खेल करियरको १०००औं खेल हुनेछ ।

आज राति अर्जेन्टिनाले विश्वकपको मञ्चमा अस्ट्रेलियाको सामना गर्दा मेस्सीका लागि यो समग्र खेल जीवनको १०००औं खेल हुनेछ ।सिजन २००४–०५ बाट स्पेनिस क्लब बार्सिलोनाबाट फुटबलको यात्रा सुरुआत गरेका मेस्सी पछिल्लो समय फ्रान्सको क्लब पिएसजीबाट खेलिरहेका छन् ।

मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सन् २००५ सालबाट खेल्न थालेका थिए । यी तीन फरक–फरक टिमका साथ खेल्दै आएका मेस्सीले हालसम्म कूल ९९९ खेल खेलिसकेका छन् ।अस्ट्रेलियाविरुद्ध खेल्दा मेस्सीले १ हजार खेल खेल्नेछन् । यो उनका लागि करियरको एक खास कोसेढुंगा हुनेछ ।

मिठो कुरा के छ भने, मेस्सीले जीवनको १०००औं खेल विश्वकपको मञ्चमा खेल्दैछन् ।मेस्सीले हालसम्म ९९९ खेल खेल्ने क्रममा अर्जेन्टिनाका लागि १६८ खेल खेलेका छन् ।लामो समय बार्सिलोनामा खेल्दा उनले त्यहाँ १७ वर्षको दौरान ७७८ खेल खेलेका छन् । डेढ वर्षअघि पिएसजीमा पुगेका मेस्सीले सो क्लबका लागि हालसम्म ५३ खेल खेलेका छन् ।

जसमा उनले अर्जेन्टिनामा लागि ९३ गोल गर्दा पिएसजीका लागि २३ गोल र बार्सिलोनाका लागि ६७२ गोल गरेका छन् ।समग्रमा उनले हालसम्म ९९९ खेलबाट ७८८ गोल गरेका छन् । मेस्सी अब करियरको ८०० गोलबाट मात्रै १२ गोलले टाढा छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment