काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् स्वास्थ्य व्यवसायी दुर्गा प्रसाइँले पूर्व युवराज पारश शाहसँग भेटवार्ता गरेका छन् ।शनिबार काठमाडौंमा पूर्व युवराज शाहसँग एमालेका नेता प्रसाइँले भेटवार्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘पूर्व युवराज पारस शाहसँग अर्थपूर्ण भेटघाट ।’व्यवसायी प्रसाइँले पूर्व युवराज शाहसँग के विषयमा कुराकानी गरेका हुन् केही भनेका छैनन् ।एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने प्रसाइँलाई मेडिकल माफियाको आरोप लाग्दै आएको छ ।
विगतमा माओवादी केन्द्रमा रहेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएका प्रसाइँ एमालेको केन्द्रीय सदस्य छन् ।सामाजिक सञ्जालमा सक्रिय रहेका प्रसाइँले पूर्व युवराज शाहलाई भेटेपछि तरंग ल्याएको छ ।उनले ओलीको निर्देशनमा भेट गरेका हुन् ? वा आफू खुसी भेट गरेका हुन् केही भनिएको छैन ।
राजनीतिक दलका नेताहरूसँग भेट गर्न नरुचाउने पूर्व युवराज शाहले किन एमालेका नेता प्रसाइँसँग भेट गरेका हुन् ? प्रश्न उठेको छ ।राप्रपाले राम्रो सिट संख्या जितेको छ । समानुपातिकमा पनि राम्रो भोट पाएको छ ।एमाले दोस्रो दलमा खुम्चिएको छ । सरकार बनाउने बेला आएको छ ।
यो बेला प्रसाइँले शाहलाई भेटपछि विभिन्न खड्कलबाजी भएका छन् ।प्रसाई दुबईको राजपरिवार संग पनि निकटको सम्बन्ध रहेको बताउदै आएका छन् ।उनले दुबईका राजकुमार बात सुनको लौरो समेत उपहार पाएका थिए । उनले सुनको लौरो पाएपछि उनि विबादमा समेत तानिएका थिए ।
यो पनि – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले अहिले बालेन शाहलाई घेराबन्दीमा पारिएको उल्लेख गर्दै यो निन्दनीय भएको बताएका छन् ।
उनले कथाले मागेकोले अब स्वतन्त्रहरु एक हुने बेला आएको बताउदै बालेनलाई आफ्नो साथ रहेको बताएका छन् ।उनले भनेका छन्- कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !
यो पनि -नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अहिलेसम्म नेतृत्वमा रहेकाहरूबाट मुलुकका समस्या समाधान नहुने बताएका छन् । शनिबार बुटवलमा प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका हुन् ।
‘३० वर्षदेखि नेतृत्व गरेकाहरूबाट मुलुकले निकास पाउदैन, अब नयाँ नेतृत्व नयाँले पाउनुपर्छ, हामीले त्यो घोषणा गरेर चुनावमा गएका हौं अब कार्यान्वयनको लागि पहल गर्छौं,’ उनले भने ।गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले अब सबै पार्टीबाट नयाँ क्षमतावानले अवसर पाएर नै देशको विकास गर्ने बताए ।
अहिलेको नेतृत्वबाट चुनौतीको समाधान गर्न नसक्ने प्रष्ट भएको बताउँदै नेता भण्डारीले आफ्नो विचार समूहबाट नयाँ जोसका साथ निर्वाचित भएको बताए ।वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने र त्यो उसको उमेरले नभई क्षमतामा निर्भर हुने उनले बताए ।
सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धनभित्र बसेर सहमति उनको भनाइ थियो ।पार्टीभित्र र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै पुग्ने बताउँदै अब व्यक्तिको भन्दा विधिको कार्यान्वयन गर्नका लागि लाग्ने भण्डारीले बताए ।
Leave A Comment