Latest
img

Breaking: म्यादी प्रहरी युवतीको ह’ त्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ

काठमाडौं । बैतडीमा म्यादी प्रहरी युवतीको ह’ त्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतराम कोली छन् ।आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको यही मंसिर १४ गते धारिलो ह’ ति यार प्र’ हार गरी ह’ त्या गरिएको थियो । उनको घाँटी रे’ टेर ह’ त्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् ।

उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान ह’ त्यामा संलग्न रहेको तथ्य खुलेको थियो । उनलाई पक्राउ गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको थियो ।प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो ।

उनकै बयानका आधारमा सशस्त्र प्रहरी जवानमाथि आशंका बढेको हो ।माया र नेहा गएको मंगलबार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ पुगेको खुल्न आएको प्रहरी अधिकारी बताउँछन् ।

लुगा सिलाउन भनेर हिँडेकी उनी घर नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा बुधबार बेलुका माया मृ’ त अवस्थामा फेला परेकी थिइन् । नेहा घा’ इते अवस्थामा भेटिएकी थिइन् । माया यही मंसिर ४ गते भएको निर्वाचनको सुरक्षाका लागि त्यस्तै बैतडीमा माया लुहारको ह’ त्यामा संलग्न भनिएका सशस्त्र प्रहरी जवान भरतराम कोलीले फेरि अर्की बालिकाको ह’ त्या गर्ने धम्की दिएका छन् ।

उनले टिकटकमा स्ट्याटस लेख्दै शिवनाथकै अर्की बालिकालाई मा’ र्ने धम्की दिएका हुन् ।मैले शिवनाथकै एक फुच्चीलाई मा’ र्नुपर्नेछ । मलाई कसैले केहि गर्न सक्दैन, म डिएसपीको मान्छे हुँ, ’,कोलीले टिकटकमा लेखेका छन्, ‘मान्छेलाई मा’ रेपछि केहिदिन भाग्नैपर्यो, म बैतडीमै छु, मलाई कसैले केहि गर्न सक्दैन ।’

तर उनले अहिले उक्त स्ट्याटस टिकटकबाट हटाइसकेका छन् ।फेरि उनले थपेका छन्, ‘म ह’ त्या गर्छु, केही दिन अन्डरग्राउन्ड हुन्छु, अनि मबाट केटाहरु पनि बचेर बस्…फेरि भेट्छौं तिमीहरु पनि राजा हो राजा ।’उनले शुक्रबार मात्रै टिकटकबाटै आफूले मायाको ह’ त्या नगरेको दाबी गरेका थिए ।

२४ घण्टा नबित्दै शनिबार फेरी टिकटकमा यस्तो धम्की दिएका छन् ।म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । माया र आरोपित सशस्त्र जवानबीच प्रेम सम्बन्ध रहेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको आशंका छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment