अर्जेन्टिनी स्टार लिओनल मेसी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्। उनले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट गोल गर्दै आफूलाई पुनः गोल्डेन बुटको सूचीमा अगाडि राखे। शनिबार राती भएको खेलमा उनले अस्ट्रेलियाविरूद्ध ३५ मिनेटमा डिबक्सभित्रबाट आकर्षक गोल गरे।
जारी विश्वकपमा यो उनको तेस्रो गोल थियो।उनले समूह चरणको खेलमा साउदी अरेबियाविरूद्ध पेनाल्टी र मेक्सिकोविरूद्ध पनि गोल गरेका थिए। पोल्याण्डसँगको खेलमा पेनाल्टीको अवसर प्राप्त गरे पनि गोल गर्नबाट चुकेका थिए। अहिले गोल्डेन बुटको सूचीमा फ्रान्सका केलियन एम्बाप्पे,
नेदरल्याण्ड्सका केडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कुस रासफोर्ड उनी बराबर ३ गोल गरेर अगाडि छन्। इक्वेडरका इकेर भ्यालेन्सियाले पनि ३ गोल गरेका थिए तर उनको टिम समूह चरणबाट बाहिरिसकेको छ। सन् २०१४ को विश्वकपमा मेसीले गोल्डेन बल जितेका थिए।
गोल्डेन बुटको दौडमा को–को ? ‘गोल्डेन बुट’ विश्वकप फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हो। विश्वकप फुटबलको यो अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो। त्यसैले यो अवार्डले खेलाडीका जीवनमा पनि विशेष अर्थ राख्दछ।
कतारमा जारी फिफा विश्वकपको २२औं संस्करणमा पनि ‘गोल्डेन बुट’को दौड सुरु भइसकेको छ। समूह चरणका खेल सकिँदा काइलिन एमबाप्पे, इनर भ्यालेन्सिया, कोडी गाक्पो, अल्भारो मोराटा, मार्कस रासफार्ड तीन गोलसहित ‘गोल्डेन बुट’को दौडमा अगाडि छन्।
जारी विश्वकप खेल्ने सर्वाधिक गोलकर्ता जर्मनीका थोमस मुलर हुन्। यसअघिका विश्वकपमा १० गोल गरिसकेका मुलर यसपटक गोलविहीन हुँदै घल फर्किसकेका छन्। तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया पनि कतारबाट घर पुगिसकेका छन्। उनीहरू बाहेकका खेलाडी भने ‘गोल्डेन बुट’को दौडमा छन्।
अघिल्लो संस्करणमा सर्वाधिक ६ गोलसहित ‘गोल्डेन बुट’ जितेका इङ्ल्यान्डका कप्तान हेरि केनले भने अहिलेसम्म गोल गर्न सकेका छैनन्। १. लियोनेल मेस्सी(अर्जेन्टिना / २. इनर भ्यालेन्सिया (इक्वेडर) ३ गोल / ३. काइलिन एमबाप्पे (फ्रान्स) ३ गोल / ४. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल / ५. अल्भारो मोराटा (स्पेन) ३ गोल / ६. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल/
Leave A Comment