Latest
img

नागरिकता विधेयक फिर्ता माग गरेको कारण एमालेले मधेसमा हार्ने

नेकपा एमालेले मंसीर ४ को चुनावमा तराईको सीमावर्ती क्षेत्रहरुबाट खासै आश गरेको छैन।

उसले पछिल्लो समय यही कारण पनि नागरिकताको विषयमा सत्ता गठबन्धनभन्दा फरक अडान लियो।

एमालेले लिएको यही अडानका कारण पहाड र चुरे भावर क्षेत्रका मतदाता आकर्षित हुने आशा राखेको देखिन्छ।

एमालेले सबैभन्दा बढी आशा काठमाडौंबाट राखेको छ। उसले काठमाडौंको १० मध्ये कम्तिमा ४ क्षेत्र जित्नसक्ने आँकलन गरेको बुझिएको छ।

भक्तपुरको एक क्षेत्र र ललितपुरको ३ मध्ये कुनै एक क्षेत्र जित्ने आशा राखेको छ। काभ्रे र सिन्धुपाल्चोकमा पनि एमालेको आशा देखिन्छ । धादिङ, मकवानपुरमा पनि एमाले आशावादी देखिएको छ।

पूर्वका अधिकांश पहाडी क्षेत्रमा एमालेले चुनाव जित्ने आशा राखेको छ। झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भएकाले त्यहाँ पनि आशावादी देखिन्छ।

महोत्तरी, सर्लाही, सिरहा, रौतहट, बारा, नवलपरासी, कपिलवस्तुलगायतका चुरे क्षेत्र पर्ने चुनावी क्षेत्रमा पनि एमाले चुनाव जित्ने आँकलन गरेको बुझिएको छ। गण्डकी र लुम्बिनीमा एमालेले सबैभन्दा बढी आशा राखेको छ।

उक्त क्षेत्रलाई एमालेको पकड क्षेत्र मानिन्छ। सत्ता गठबन्धनका पाँच दलसँग चुनाव लड्नुपर्ने भएकाले एमालेलाई सजिलो भने छैन।

यसकारण चुनाव निकै प्रतिष्पर्धात्मक हुने विश्लेषण गर्न थालिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment