Latest
img

नायीका श्वेता खड्काले पनि शुरु गरिन अनलाइन व्यवसाय

इ-कमर्सको लोकप्रियता अब सर्वसाधारणमा मात्र सीमित रहेन । कलाकारले समेत इन्टरनेट प्लेटफर्ममार्फत गर्ने व्यापारको यो शैलीलाई पछ्याउन थालेका छन् ।साम्राज्ञी शाह र परमिता राणाले यसअघि नै अनलाइन बिजनेस थालिसकेका छन् । उनीहरुले इ-कमर्समार्फत सौन्दर्य प्रसाधन र पहिरनको बिक्री गर्न थालेको धेरै भइसक्यो ।

आमा बनिसकेपछि श्वेताको ध्यान अब फिल्म निर्माण र व्यवसायतिर सोझिएको छ । श्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी छन् ।काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै श्वेताले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन् । ग्राहकले घरमै बसेर प्लेटफर्ममा उपलब्ध हुने ब्रान्डेड सामान अर्डर गर्न सक्नेछन् ।

यति मात्र होइन, किसानले आफ्ना उत्पादनलाई सिधै वेबसाइटमा पनि पोस्ट गर्न सक्ने भएका छन् । श्वेताले हिमालय जाभा, एमआरएस एण्ड इन्जिनियरिङ, केही रेस्टुरेन्ट र कृषि फार्म सञ्चालनमा ल्याइसकेकी छन् ।यसबाहेक चाँडै एक फिल्म निर्माण गर्ने पनि उनको तयारी छ ।

यो पनि – नायिका वर्षा सिवाकोटीका लागि यो बर्ष नाटकिय नै रह्यो । उनले, यो बर्ष अचानक बिहे गर्ने निर्णय गरिन् । बैशाखको दोश्रो साता उनले बिहे गरेको खबरले उनका फ्यान र मिडियाकर्मीलाई अचम्मित बनायो ।बिहेको केही महिनापछि श्रीमान्सँग रहन भन्दै अमेरिका हानिएकी वर्षा २ महिनामै नेपाल फर्किइन् ।

नेपाल फर्किएपछि उनले अमेरिका जाने कुरा गर्न छाडेकी छिन् । फिल्म बजारमा वर्षा र उनको श्रीमान्विच डिभोर्स हुन लागेको खबर खुबै चर्चामा छ । तर, यो बिषयमा वर्षा मौन छिन् ।बरु, वर्षा अब फिल्ममा फर्किनका लागि कसरत गरिरहेकी छिन् । विगत केही समयदेखि वर्षाले बक्सिङ सिकिरहेकी छिन् ।

करिअरलाई विश्राम दिदै अमेरिकामा नै रहने वर्षाको सोच पुरा भएन । यसकारण पनि उनी अब फिल्म क्षेत्रमा नै बलियो रुपमा लाग्ने सोचमा छिन् । जसकाकारण, उनी बक्सिङमा तल्लिन छिन् ।वर्षाको ‘मनसँग मन, परदेशी २, एक साथी सुन’ लगायतका फिल्म रिलिजको क्रममा छन् । बिहेपछि वर्षालाई फिल्मको अफर भने गएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment