Latest
img

पत्रकार ऋषि धमलाले ‘रअ’ प्रमुखलाई सुटुक्क किन भेटे ?

चर्चित पत्रकार ऋषि धमलाले भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख राघवप्रसाद भट्नागरलाई भेटेका छन्। शनिबार एकाबिहानै उनी ‘रअ’का नेपाल प्रमुखलाई भेट्न ‘भट्नागर-निवास’ विशालनगर पुगेको भारतीय दूतावासनिकट स्रोतले जनाएको छ।

‘एजेन्सीले बोलाएपछि पत्रकार धमलाजीले चिफसापकहाँ जानुभएको हो। उहाँ धेरै समय बस्नुभएन। चिया पिएर जानुभयो,’ ‘रअ’ कार्यालयका एक अधिकारीले भने। पत्रकार धमला डेढ घण्टा विशालनगर बसेर सीधै घर फर्किएका थिए। स्रोतका अनुसार उनले आम-निर्वाचन र आगामी

नयाँ सरकारबारे आम सञ्चारमा देखिएका-सुनिएका विषयमा रिपोर्टिङ गरेका छन्। तर पत्रकार धमलाले भने भारतीय खुफिया एजेन्सीका कुनैपनि उच्च अधिकारीसँग हिजो-आज नभेटेको बताएका छन्। ‘मैले एक महिनायता कसैलाई भेटेको छैन। मलाई रअ प्रमुखले बोलाएका पनि छैनन्।’

उता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।उहाँ तीन दिन नयाँ दिल्लीको बसाइपछि अस्ति काठमाडौं फर्कनुभएको थियो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग राजदूत श्रीवास्तवले अस्ति मध्यान्ह साढे १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म भेटवार्ता गर्नुभएको बताइन्छ ।

गत साता नयाँ दिल्ली जानुअघि पनि उहाँको प्रधानमन्त्री देउवासँग दुई पटक कुराकानी भएको थियो ।त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता भयो । अस्ति राजधानी फर्केपछि हिजो शनिबार राजदूत बालुवाटार पुग्नुभयो र चुनावी बिजयको शुभकामना दिनुभयो ।

नेपालमा हालै सम्पन्न आमनिर्वाचनको पछिल्लो परिणाम र आगामी राजनीतिक परिदृश्यबारे जानकारी गराउन उहाँ नयाँ दिल्ली जानुभएको बताइन्छ । तर भारतीय राजदूतावासले राजदूत श्रीवास्तव नियमित राजनीतिक प्रतिवेदन पेश गर्न उता जानुभएको अनौपचारिक जानकारी गराएको छ ।

यो पनि – माओवादी केन्द्र अबको सरकार गठन गर्न ‘जता पनि तयार’ देखिएको छ। अपेक्षाअनुसार चुनावी नतिजा आफ्नो पक्षमा नआएको विश्लेषणसहित उक्त पार्टी सरकार गठनमा सबै विकल्प खुला राख्ने पक्षमा उभिएको हो।

पाँच दलीय सत्ता गठबन्धन छाड्ने निर्णय नभए पनि ‘एमालेसँग मिलेर सरकार गठन’ को विकल्प खुला राख्ने नेताहरूले बताएका छन्। उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका विषयमा एमालेसँग मिल्न सकिनेलगायत विकल्प खुला राखिएको बताए। ‘अहिले जुन गठबन्धन छ त्यो छोड्ने निर्णय होइन,’

नेता महराले भने, ‘अरू सबै विकल्प हामीले खुलाएका छौं।’ चुनावी समीक्षा गर्न शनिबार माओवादी पदाधिकारीको बैठक बसेको थियो। बैठकमा अपेक्षाअनुसार चुनावी परिणाम नआएको निष्कर्ष निकालिएको महराले बताए। महासचिव देव गुरुङले एमालेसँग पनि सरकार गठनका लागि वार्ता र संवाद हुने बताए।

राजनीतिक कोर्स जता पनि जान सक्ने उल्लेख गर्दै नेता गुरुङले गठबन्धन अहिले यथावत् रहेको बताए। तर, भावी समीकरणबारे अहिले नै टुंगो नलागेको उनको भनाइ थियो। एमाले नेताहरू पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न अरू दलसँग संवाद र सहकार्य गर्ने बताइरहेका छन्।

बैठकमा नेताहरूले सत्ता गठबन्धनको सबै मत ‘ट्रान्सफर’ नहुँदा पार्टीका धेरै उम्मेदवारले हार व्यहोर्नुपरेको धारणा व्यक्त गरेका थिए। सत्ता गठबन्धन दल माओवादीले प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १७ सिट जित हात पारेको छ। एक ठाउँमा अग्रता लिएको विवरण शनिबार बेलुकासम्मको निर्वाचन आयोगको अपडेटले देखाएको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै कांग्रेसले ५६ स्थान जितेको छ। दुई स्थानको गणना बाँकी रहँदा एक स्थानमा अग्रता लिएको छ। दोस्रो स्थानमा एमालेले ४४ सिट हात पारेको छ। एकीकृत समाजवादीले १०, जसपा, राप्रपा, रास्वपाले ७÷७, लोसपा ४, जनमोर्चा, नेमकिपा, जनमतले १÷१ र स्वतन्त्रले ५ सिट जितेका छन्।

यो समाचार तयार पार्दासम्म समानुपातिकमा सबैभन्दा बढी २७ लाख ८८ हजारभन्दा बढी मत एमालेले पाएको छ। त्यसपछि दोस्रो स्थानमा कांग्रेसको २६ लाख ६० हजारभन्दा बढी मत छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment