Latest
img

प्रचण्डको किचकिचे बानीले ओली पछी देउवालाई तनाब, चुनाव अगाडी… चुनाब पछाडी…

मंसिर ४ गते भएको मतदानको एउटा निर्वाचन क्षेत्रबाहेकका स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ ।मत परिणाम आउने क्रम सुरु भएपछि सरकार निर्माणको गृहकार्य पनि त्यसैगरी भइरहेको छ ।सरकार गठनका लागि विशेष गरेर अहिलेकै सत्ता गठबन्धनभित्र व्यापक छलफल भइरहेको छ भने एमाले पनि ‘पर्ख र हेर’को अवस्थामा रहेको छ ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गगन थापा र शेखर कोइरालाले प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन् ।रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाको पनि मसिनो स्वर सार्वजनिक भएको छ । एमालेले यसअघि नै अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वमै सरकार बनाउने निर्णय गरेको थियो ।

माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीमा दाबी छ । निर्वाचनलगत्तै प्रचण्डले प्रधानमन्त्रीका लागि सुरुवाती ‘मुभ’ सुरु गरेका छन् । उनले टीकापुर हत्याकाण्ड आरोपमा जेलमा रहेका रेशम चौधरीलाई कारागारमै गएर भेटे ।कारण कैलालीमा चौधरी पत्नी संयोजक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ३ सिट जितेको छ भने एक सिट स्वतन्त्र सांसद पनि सोही पार्टी निकट छन् ।

यसबाहेक उनले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि भेटेका छन् । राउत उपेन्द्र यादवलाई पराजित गर्दै सांसद निर्वाचित भएका हुन् भने उनको पार्टीले समानुपातिकमा ५ सिट प्राप्त गर्ने सम्भावना छ ।माओवादी नेताहरुका अनुसार प्रचण्ड निर्वाचनपछिको पहिलो प्रधानमन्त्री बन्न चाहन्छन् ।

प्रचण्ड निकट उच्च स्रोतले बाह्रखरीलाई दिएको जानकारीअनुसार कुनै पनि दलले सहजै बहुमत पुर्‍याउने अवस्था नभएपछि प्रचण्डले आफुलाई सक्रिय बनाएका हुन् ।उनको चाहना सरकारको नेतृत्त्व पहिले लिने रहेको ती नेताको दाबी छ । माओवादीले सरकार गठनका लागि सबैसँग सहकार्यको ढोका खुला राखेको बताएको छ ।

प्रचण्डनिकट एक नेताले भने,“प्रधानमन्त्री नै हाम्रो पहिलो प्राथमिकता हो । यसका लागि जे–जे गर्नुपर्छ गर्ने भन्ने छ । प्रधानमन्त्री बन्ने अवस्था आए अहिलेको सत्ता गठबन्धनको विकल्पमा पनि जान सकिन्छ ।”सत्ता गठबन्धनका उमेदवार बनेका अधिकांश नेताहरु हारेपछि माओवादीभित्रै प्रचण्डलाई सहकार्य तोड्न दबाब छ ।

केही नेताहरुले एमालेसँग मिलेर जानुपर्ने पनि सुझाव दिएका छन् । प्रचण्डले भने औपचारिक रुपमा गठबन्धनविरुद्ध बोलेका छैनन् ।अहिलेकै अवस्थामा कांग्रेसले प्रचण्डलाई सुरुमै प्रधानमन्त्रीमा समर्थन गर्ने सम्भावना देखिँदैन । प्रत्यक्षतर्फ ५७ क्षेत्रमा जित निकालेर नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

नेकपा एमालेले ४४, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकिकृत समाजवादीले १०, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ स्थानमा जित निकालेको छ ।यसबाहेक जनता समाजवादी पार्टीले ७, स्वतन्त्रले ५, लोकतान्त्रिक समाजवादी पार्टीले ३, नागरिक उन्मुक्ति पार्टीले ३ र नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले १–१ स्थानमा जित निकालेका छन् ।

अहिले सत्ता गठबन्धन मिलेर चुनावमा गएको थियो । समानुपातिक मतगणना पनि अन्तिम चरणमा छ । कुन दलले कति सिट पाउँछन् भनेर अनुमान भने गर्न सकिन्छ ।समानुपातिकमा एमालेले ३३, कांग्रेसले ३२, माओवादी १४, राप्रपा ७, जनमत पार्टी ५, जनता समाजवादी पार्टीले ५ र राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सिट पाउने सम्भावना छ ।

प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक गरेर २७५ सदस्यीय छ । सरकार गठनका लागि १३८ सांसद संख्या आवश्यक पर्छ ।सम्भावित सामानुपातिक र प्रत्यक्ष जोड्दा संख्या जोड्दा नेपाली कांग्रेससँग ८९ सांसद हुने देखिन्छन् ।माओवादी केन्द्रसँग प्रत्यक्ष र समानुपातिक गरेर ३१ जना पुग्छन् ।

एकिकृत समाजवादीका १० र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।यो संख्या जोड्दा १२१ पुग्छ, अर्थात् सत्ता गठबन्धन आफ्नै बहुमत पुग्दैन । १७ सासंदको अभाव हुन्छ । सत्ता गठबन्धन कायम रहने हो भने साना दलको भूमिका निर्णायक हुन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment