फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे अल थुमामा रंगशालामा हुनेछ । पोल्ल्यान्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चहान्छ ।
यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकालेको फ्रान्स अन्तिम खेलमा दोस्रो रोजाईको टोली उतार्दा ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।पोल्यान्डविरुद्ध मैदान उत्रदा फ्रान्सले ट्युनिसियाविरुद्धको गल्ती सुधार गर्दै निश्चित जितको लक्ष्यमा हुनेछ । दुई पटकको च्याम्पियन फ्रान्ससँग गोल्डेन बुटको दौडमा रहेका केलियन एमबाप्पेको साथ रहेको छ ।
एमबाप्पेल ३ खेलमा ३ गोलसँगै एक असिस्ट दिइसकेका छन् ।फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेको छ ।ट्युनिसियाविरुद्ध पहिलो रोजाइमा खेलेको टोलीबाट राफाएल भारान र ओरेलिएन चुआमेनीले मात्र अन्तिम टोलीमा स्थान बनाएका छन् ।
फ्रान्सले ट्युनिसियासँग १-० को हार बेहोरेपनि समूह विजेता बनेको थियो । आजको खेलमा भने प्रशिक्षक डीडीएर डेसच्याम्प्सले बलियो टोली उतारेका छन् ।यता पोल्यान्डले टोलीमा दुई परिवर्तन गरेको छ । मिडफिल्डमा जाकुब कामिन्सकी र सबास्टियन जिमान्सकी खेल्नेछन् ।
कप्तान रोबर्ट लेवान्डोस्कीले आक्रमण सम्हाल्दा प्रतियोगितामा दुई पेनाल्टी रोकिसकेका गोलरक्षक वोजसिएक सेचेज्नीमाथि सबैको नजर हुनेछ ।यता, रोबर्ट लेवान्डोस्कीको कप्तानीमा उत्रने पोल्यान्ड पनि फ्रान्सलाई स्तब्ध पार्दै १९८२ पछि क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
सोही संस्करणमा तेस्रो र त्यो भन्दा अघि १९७४ मा तेस्रो भएको पोल्यान्ड १९८६ मा अन्तिम १६ मा पुगेको थियो । त्यसपछि तीनपटक (२००२, २००६ र २०१८) मा विश्वकप खेलेको पोल्यान्डले समूह चरण पार गर्न सकेको थिएन । यसपटक पोल्यान्ड १९८२ कै स्थिति दोहो¥याउन चहान्छ ।
अर्जेन्टिना रहेको समूहबाट उपविजेता बनेर अन्तिम १६ मा आएको पोल्यान्डले समूह चरणमा साउदी अरेबियालाई पराजित गर्दा अर्जेन्टिनासँग हार र मेक्सिकोसँग बराबरी खेलेको थियो ।टोलीसँग दुई खेलमा पेनाल्टी बचाएका गोलरक्षक वोजसिएच स्जेस्नी रहेका छन् ।
यि दुई टोली हालसम्म १६ पटक भिडेका छन् । ५ पटक फ्रान्स विजयी हुँदा पोल्यान्डले ३ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोली सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा पोल्यान्डले १–० को जित निकालेको थियो ।
Leave A Comment