Latest
img

अब केहि मिनेटपछी हुदैछ फ्रान्स र पोल्यान्डको महाभिडन्त, यस्तो छ ‘हेड टु हेड’ तथ्यांक-

कतारमा जारी फिफा विश्वकप फुटबलमा प्रि–क्वार्टरफाइनल अन्तर्गत तेस्रो खेलमा दुई युरोपियन राष्ट्र साबिक च्याम्पियन फ्रान्स र पोल्यान्डको खेल हुँदैछ । गत रातिका खेलबाट नेदरल्यान्ड्स र अर्जेन्टिना आ–आफ्नो खेल जित्दै क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् ।

आज पोल्यान्ड र फ्रान्सको खेलबाट क्वार्टरफाइनल पुग्ने तेस्रो टिम तय हुनेछ । गत राति भएको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले पराजित गर्दा त्यसपछिको खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले हरायो । गत रातिका दुई विजेता टोलीको भेट पहिलो क्वार्टरफाइनल खेलमा हुने पक्का भएको छ ।

आज राति भिड्न लागेका फ्रान्स र पोल्यान्डको विगत कस्तो छ ? त्यसबारे चर्चा गरौं । आधिकारिक तथा मैत्रीपूर्ण खेल गरेर फ्रान्स र पोल्यान्ड हालसम्म जम्मा १६ पटक एकअर्काविरुद्ध भिडेका छन् । जसमा पोल्यान्डमाथि फ्रान्स हाबी छ । जम्मा १६ खेल हुँदा पोल्यान्डमाथि फ्रान्सले ८ पटक जित निकालेको छ भने पोल्यान्डले मात्रै ३ पटक जित निकालेको छ ।

बाँकी ५ खेल भने बराबरीमा सकिएका छन् । यो तथ्यांकले पनि आजको खेलमा फ्रान्सले पोल्यान्डलाई स्तब्ध पार्न सक्छ भनेर अनुमान गर्न सकिन्छ । फ्रान्स त्यसै पनि २०१८ विश्वकपको विजेता टोली हो ।अहिले विश्वकप खेलिरहेको फ्रान्सको टोलीमा ५ जना प्रमुख खेलाडी चोटका काररण छैनन् ।

तैपनि, फ्रान्स एक प्याकेज टिम हो । उसले समूह चरणमा आफ्नो स्तर देखाइसकेको छ । फ्रान्ससँग अहिले पनि विश्वकपमा प्रतिस्पर्धा गर्न सक्ने एक राम्रो टिम छ । तुलनात्मक रूपमा फ्रान्सको टोली पोल्यान्डको भन्दा उत्कृष्ट छ । यसमा त दुईमत छैन ।

फिफा वरीयताको कुरा गर्दा अहिले फ्रान्स तेस्रो स्थानमा छ भने पोल्यान्ड २६औं स्थानमा रहेको छ । समूह चरणका खेलमा पोल्यान्डले भन्दा फ्रान्सले नै राम्रो प्रदर्शन गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment