Latest
img

पहिलो हाफको अन्तिममा फ्रान्सले लियो अग्रता

फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा फ्रान्स र पोल्यान्डसँबिचको खेलमा फ्रान्सले गोल गर्दै पहिलो हाफमा १ – ० को अग्रता लिएको छ । खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् ।

एकपटक सेचेज्नी बिट भएको अवस्थामा जिरुडले गम्भीर गल्ति गर्दा फ्रान्स अघि बढ्न सकेन । लगत्तै अर्को तर्फ पोल्यान्डले पनि अघि बढ्ने अवसर गुमाएको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा जिरुडले फ्रान्सलाई अघि बढाए ।२८ औं मिनेटमा फ्रान्सले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।

ओलिभिएर जिरुडले खाली पोस्टमा गोल गर्न नसक्दा खेल बराबरीमा रहेको थियो । ओस्मान डेम्बेलेले दायाँ विंगबाट दिएको लो क्रसमा डिफेन्स लाइन र गोलरक्षक बिट भएका थिए । तर अनमार्क रहेका जिरुडले फार पोस्टमा बललाई खाली पोस्टको दिशा दिन सकेनन् ।

३५ औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके । बायाँ विंगबाट सुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्र भित्र पोल्यान्डले तीन पटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन ।

पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । यससँगै जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने ।खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि अल थुमामा रंगशालामा जारी छ । पोल्ल्यान्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चहान्छ ।

यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकालेको फ्रान्स अन्तिम खेलमा दोस्रो रोजाईको टोली उतार्दा ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।पोल्यान्डविरुद्ध मैदान उत्रदा फ्रान्सले ट्युनिसियाविरुद्धको गल्ती सुधार गर्दै निश्चित जितको लक्ष्यमा हुनेछ । दुई पटकको च्याम्पियन फ्रान्ससँग गोल्डेन बुटको दौडमा रहेका केलियन एमबाप्पेको साथ रहेको छ ।

एमबाप्पेल ३ खेलमा ३ गोलसँगै एक असिस्ट दिइसकेका छन् ।फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेको छ ।ट्युनिसियाविरुद्ध पहिलो रोजाइमा खेलेको टोलीबाट राफाएल भारान र ओरेलिएन चुआमेनीले मात्र अन्तिम टोलीमा स्थान बनाएका छन् ।

फ्रान्सले ट्युनिसियासँग १-० को हार बेहोरेपनि समूह विजेता बनेको थियो । आजको खेलमा भने प्रशिक्षक डीडीएर डेसच्याम्प्सले बलियो टोली उतारेका छन् ।यता पोल्यान्डले टोलीमा दुई परिवर्तन गरेको छ । मिडफिल्डमा जाकुब कामिन्सकी र सबास्टियन जिमान्सकी खेल्नेछन् ।

कप्तान रोबर्ट लेवान्डोस्कीले आक्रमण सम्हाल्दा प्रतियोगितामा दुई पेनाल्टी रोकिसकेका गोलरक्षक वोजसिएक सेचेज्नीमाथि सबैको नजर हुनेछ ।यता, रोबर्ट लेवान्डोस्कीको कप्तानीमा उत्रने पोल्यान्ड पनि फ्रान्सलाई स्तब्ध पार्दै १९८२ पछि क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

सोही संस्करणमा तेस्रो र त्यो भन्दा अघि १९७४ मा तेस्रो भएको पोल्यान्ड १९८६ मा अन्तिम १६ मा पुगेको थियो । त्यसपछि तीनपटक (२००२, २००६ र २०१८) मा विश्वकप खेलेको पोल्यान्डले समूह चरण पार गर्न सकेको थिएन । यसपटक पोल्यान्ड १९८२ कै स्थिति दोहो¥याउन चहान्छ ।

अर्जेन्टिना रहेको समूहबाट उपविजेता बनेर अन्तिम १६ मा आएको पोल्यान्डले समूह चरणमा साउदी अरेबियालाई पराजित गर्दा अर्जेन्टिनासँग हार र मेक्सिकोसँग बराबरी खेलेको थियो ।टोलीसँग दुई खेलमा पेनाल्टी बचाएका गोलरक्षक वोजसिएच स्जेस्नी रहेका छन् ।

यि दुई टोली हालसम्म १६ पटक भिडेका छन् । ५ पटक फ्रान्स विजयी हुँदा पोल्यान्डले ३ खेल जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यि दुई टोली सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा पोल्यान्डले १–० को जित निकालेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment