साबिक विश्व च्याम्पियन फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल (अन्तिम आठ) मा प्रवेश गरेको छ । आज आइतबार भएको प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले अर्को युरोपियन राष्ट्र पोल्यान्डमाथि ३–१ को जित निकाल्दै उपाधि यात्रामा थप एक कदम अघि बढेको हो ।
यससँगै फ्रान्स क्वार्टरफाइनल प्रवेश गर्ने तेस्रो टिम बनेको छ । यसअघि अर्जेन्टिना र नेदरल्यान्ड्स अन्तिम आठमा प्रवेश गरेर उनीहरूले एकअर्काको भेट पक्का गरिसकेका छन् ।सन् २००६ सालपछिकाा विश्वकप विजेता टोली लगातार समूह चरणबाटै आट हुँदै आएकोमा २०१८ को रसिया विश्वकपको विजेता फ्रान्स भने पछिल्ला वर्षको ट्रेन्डलाई साइड लगाउँदै ठीकठाक क्वार्टरफाइनल प्रवेश गरेको छ ।
चोटका कारण ५ जना प्रमुख खेलाडीबिनै विश्वकपमा होमिएको फ्रान्स ठीकठकी अहिले उपाधि होडमा अर्को एक कदम अघि बढेको हो । अपेक्षा गरिए अनुसार नै फ्रान्सले पोल्यान्डलाई पराजित गरेर अन्तिम आठ प्रवेश गर्ने तेस्रो टिम बनेको छ ।अल थुमामा रंगशालामा ८ः४५ बजेबाट सुरु भएको खेलको पहिला हाफमाा फ्रान्सले १–० को अग्रता लिएको थियो ।
साबिक च्याम्पियन फ्रान्सविरुद्ध पोल्यान्डले ४३औं मिनेटसम्म टक्करवाला खेल खेलेर रोक्न सफल भए पनि त्यसपछि उसले गोल खान पुग्यो । फ्रान्सका लागि ४४औं मिनेटमा फरवार्ड ओलिभर जिरुउडले सुन्दर गोल गरे गरेर अग्रता दिलाए । केलियन एमबाप्पेले चलाखीपूर्वक विपक्षी खेलाडीका बीचबाट छिराएको बलमा केही अघि निस्किएर जिरुउडले निकै सुन्दर गोल गरेर खेलमा अग्रता दिलाएका थिए ।
गोल खाएपछि पोल्यान्डले एक राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।१९औं मिनेटमा फ्रान्सका विंगर उसामान डेम्बेलेको एक सटलाई पोलिस गोलकिपरले सहजै बचाएका थिए । २१औं मिनेटमा रोवर्ट लेवानडोस्कीले लामो दूरीबाट हानेको सट केही बाहिरबाट गएको थियो ।
२९औं मिनेटमा उसामान डेबेलेको सुन्दर क्रस पासमा फ्रान्सका ओलिभर जिरुउड चिप्लिएपछि फ्रान्स सुनौलो अवसरबाट चुकेको थियो । ३५औं मिनेटमा पोल्यान्डले क्रस पासमा एक राम्रो अवसर सदुपयोग गर्न सकेन । खेलको ३८औं मिनेटमा पोल्यान्डले खेलभरिमा सबैभन्दा राम्रो अवसर बनाएको थियो ।
पोल्यान्डले गोल पोस्ट अघिबाट ४ सेकेन्डका बीचमा तारैतार प्रहार गरेका तीन प्रहार लगातार ब्लक हुँदा पोल्यान्ड निराश बनेको थियो ।पहिलो हाफमा फ्रान्सविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेको पोल्यान्ड खेलमा फर्किन लगातार संघर्षरत रहेका बेला उसले दोस्रो गोल खान पुग्यो ।
७४औं मिनेटमा उसमान डेम्बेलेको सुन्दर पासमा एमबाप्पेले बक्स बाहिरबाट रकेट सटमा शानदार गोल गरेपछि खेल पोल्यानडको हातबाट फुत्किएको थियो भने फ्रान्स शानदार जिततर्फ अघि बढेको थियो । त्यसपछि एमबाप्पेले खेलको ९०औं मिनेटमा अर्को उस्तै रकेट गोल हाने ।
उनले थुरामको पासमा टप कर्नर च्यापेर हानेको शानदार सटले सोझै जाली चुम्यो । त्यसपछि इन्जुरी समयमा पोल्यान्डले पेनाल्टीमार्फत् १ गोल फर्काएपछि फ्रान्सको जित ३–१ मासिमित भयो ।
Leave A Comment