काठमाडौै– केलियन एमबाप्पेकाे उत्कृष्ट खेलमा पाेल्याण्डलाई ३–१ गाेलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन फ्रान्स कतारमा जारी विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। फ्रेञ्च अंग्रपक्तिलाई राेक्ने कुनै याेजना नहुँदा पाेल्याण्डले निर्धारित ९० मिनेटमा तीन गाेल खाएकाे थियाे।
फ्रान्सकाे तीन वटै गाेलमा एमबाप्पेकाे प्रभाव रह्याे। उनले पहिलाे हाफकाे ४४ मिनेटमा ओलिभर जिरुडलाई गाेल गर्न माैका जुराइदिएका थिए। पहिलो हाफको अन्त्यतिर जिरुडको गोलमा अघि बढेको फ्रान्सले दोस्रो हाफको एमबाप्पेको दुई गोलमा जित पक्का गरेको थियो ।
खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् ।एकपटक सेचेज्नी बिट भएको अवस्थामा जिरुडले गम्भीर गल्ति गर्दा फ्रान्स अघि बढ्न सकेन । लगत्तै अर्को तर्फ पोल्यान्डले पनि अघि बढ्ने अवसर गुमाएको थियो ।
तर पहिलो हाफको अन्तिम मिनेटमा जिरुडले फ्रान्सलाई अघि बढाए ।दोस्रो हाफमा एमबाप्पेले काउन्टर अट्याकमा आफ्नो गतिको सदुपयोग गर्दै फ्रान्सलाई सहज अवस्थामा पुर्याए ।एमबापपेले दुवै गोलमा उत्कृष्ट फिनिसिङ गरेका थिए । प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका गोलरक्षक सेचेज्नी बारम्बार बाधक बनेपनि एमबाप्पेको दुई गोलमा भने सहि डाइभ दिएर पनि बल बचाउन असफल रहे ।
२८ औं मिनेटमा फ्रान्सले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।ओलिभिएर जिरुडले खाली पोस्टमा गोल गर्न नसक्दा खेल बराबरीमा रहेको थियो । ओस्मान डेम्बेलेले दायाँ विंगबाट दिएको लो क्रसमा डिफेन्स लाइन र गोलरक्षक बिट भएका थिए । तर अनमार्क रहेका जिरुडले फार पोस्टमा बललाई खाली पोस्टको दिशा दिन सकेनन् ।
३५ औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके । बायाँ विंगबाट सुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्र भित्र पोल्यान्डले तीन पटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन ।
पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । यससँगै जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सको उत्कृष्ट काउन्टर अट्याकमा अग्रता दोब्बर पारे । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक सेचेज्नीले बचाउने कुनै अवसर पाएनन् ।इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले सहज जित पक्का गर्यो ।
मार्कस थुरामको पासलाई पेनाल्टी क्षेत्रभित्र रोकेका एमबाप्पेले कठिन एंगलबाट सुन्दर गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार सेचेज्नीले बचाउन सकेनन् ।इन्ज्युरी समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टी प्राप्त गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाएपनि रेफ्रीले पुन: प्रहार गर्न निर्णय दिए ।
प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुन: प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने लेवान्डोस्की गोल गर्न सफल रहे ।अब फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ । आज हुने अन्तिम १६ को चौथो खेल अल बेयत रंगशालामा मध्यरात १२:४५ बजे हुनेछ ।
साबिक विश्व च्याम्पियन फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल (अन्तिम आठ) मा प्रवेश गरेको छ । आज आइतबार भएको प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले अर्को युरोपियन राष्ट्र पोल्यान्डमाथि ३–१ को जित निकाल्दै उपाधि यात्रामा थप एक कदम अघि बढेको हो ।
यससँगै फ्रान्स क्वार्टरफाइनल प्रवेश गर्ने तेस्रो टिम बनेको छ । यसअघि अर्जेन्टिना र नेदरल्यान्ड्स अन्तिम आठमा प्रवेश गरेर उनीहरूले एकअर्काको भेट पक्का गरिसकेका छन् ।सन् २००६ सालपछिकाा विश्वकप विजेता टोली लगातार समूह चरणबाटै आट हुँदै आएकोमा २०१८ को रसिया विश्वकपको विजेता फ्रान्स भने पछिल्ला वर्षको ट्रेन्डलाई साइड लगाउँदै ठीकठाक क्वार्टरफाइनल प्रवेश गरेको छ ।
चोटका कारण ५ जना प्रमुख खेलाडीबिनै विश्वकपमा होमिएको फ्रान्स ठीकठकी अहिले उपाधि होडमा अर्को एक कदम अघि बढेको हो । अपेक्षा गरिए अनुसार नै फ्रान्सले पोल्यान्डलाई पराजित गरेर अन्तिम आठ प्रवेश गर्ने तेस्रो टिम बनेको छ ।अल थुमामा रंगशालामा ८ः४५ बजेबाट सुरु भएको खेलको पहिला हाफमाा फ्रान्सले १–० को अग्रता लिएको थियो ।
साबिक च्याम्पियन फ्रान्सविरुद्ध पोल्यान्डले ४३औं मिनेटसम्म टक्करवाला खेल खेलेर रोक्न सफल भए पनि त्यसपछि उसले गोल खान पुग्यो । फ्रान्सका लागि ४४औं मिनेटमा फरवार्ड ओलिभर जिरुउडले सुन्दर गोल गरे गरेर अग्रता दिलाए । केलियन एमबाप्पेले चलाखीपूर्वक विपक्षी खेलाडीका बीचबाट छिराएको बलमा केही अघि निस्किएर जिरुउडले निकै सुन्दर गोल गरेर खेलमा अग्रता दिलाएका थिए ।
गोल खाएपछि पोल्यान्डले एक राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।१९औं मिनेटमा फ्रान्सका विंगर उसामान डेम्बेलेको एक सटलाई पोलिस गोलकिपरले सहजै बचाएका थिए । २१औं मिनेटमा रोवर्ट लेवानडोस्कीले लामो दूरीबाट हानेको सट केही बाहिरबाट गएको थियो ।
२९औं मिनेटमा उसामान डेबेलेको सुन्दर क्रस पासमा फ्रान्सका ओलिभर जिरुउड चिप्लिएपछि फ्रान्स सुनौलो अवसरबाट चुकेको थियो । ३५औं मिनेटमा पोल्यान्डले क्रस पासमा एक राम्रो अवसर सदुपयोग गर्न सकेन । खेलको ३८औं मिनेटमा पोल्यान्डले खेलभरिमा सबैभन्दा राम्रो अवसर बनाएको थियो ।
पोल्यान्डले गोल पोस्ट अघिबाट ४ सेकेन्डका बीचमा तारैतार प्रहार गरेका तीन प्रहार लगातार ब्लक हुँदा पोल्यान्ड निराश बनेको थियो ।पहिलो हाफमा फ्रान्सविरुद्ध प्रतिस्पर्धात्मक खेल खेलेको पोल्यान्ड खेलमा फर्किन लगातार संघर्षरत रहेका बेला उसले दोस्रो गोल खान पुग्यो ।
७४औं मिनेटमा उसमान डेम्बेलेको सुन्दर पासमा एमबाप्पेले बक्स बाहिरबाट रकेट सटमा शानदार गोल गरेपछि खेल पोल्यानडको हातबाट फुत्किएको थियो भने फ्रान्स शानदार जिततर्फ अघि बढेको थियो । त्यसपछि एमबाप्पेले खेलको ९०औं मिनेटमा अर्को उस्तै रकेट गोल हाने ।
उनले थुरामको पासमा टप कर्नर च्यापेर हानेको शानदार सटले सोझै जाली चुम्यो । पाेल्याण्डले ९६ मिनेटमा पेनाल्टीकाे अवसर पाएकाे थियाे। राेबर्ट लेवान्डाेस्कीले हानेकाे पहिलाे पेनाल्टीलाई फ्रान्सका गाेलरक्षक ह्युगाे लाेरिसले समातेका थिए। तर उनले पेनाल्टी प्रहार गर्नुअघि नै
फ्रान्सका खेलाडी डिबक्सभित्र प्रवेश गरेकाे भन्दै पुन: पेनाल्टीकाे अवसर प्रदान गरिएकाे थियाे। दाेस्राे प्रयासमा लेवान्डाेस्कीले गाेल गरे। उनकाे याे विश्वकपमा दाेस्राे गाेल थियाे। तर उनले आफ्नाे टिमलाई जाेगाउन सकेनन्।
Leave A Comment