Latest
img

आज पनि नकआउट चरणका २ म्याच हुँदै, खेल्दैछन् यी ४ चर्चित देश

फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलका दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।पहिलो खेलमा समूह ‘ईं’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनीलाई हराएर समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्दै क्वाटरफाइनलमा पुग्न चहान्छ । दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई एकै संस्करणमा हराउन सफल जापान अर्काे सनसनी पूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

यता, विश्व उपविजेता क्रोएसिया पनि जापानमाथि आँफु अनुकुल नतिजा निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । अनुभवी खेलाडीको बाहुल्यता रहेको क्रोएसिया त्यही अनुभवलाई प्रयोग गर्दै कमब्याक किङको छवि बनाएको जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ ।

अर्काे खेलमा समूह ‘जी’ को विजेता ब्राजिलले समूह ‘एच’ को उपविजेता दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२ः४५ बजेपछि स्टेडियम ९७४ मा हुनेछ ।दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा हुनेछ ।

सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले त्यसपछि अन्य तीन खेलाडीलाई समूह चरणको खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको ब्राजिल लयमा रहेको दक्षिण कोरियालाई पाजित गरेर अघि बढ्न चहान्छ ।छैटौं पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई चोट महँगो पर्न सक्नेछ ।

तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन्। यता, दक्षिण कोरिया पनि अर्काे स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

यो पनि – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को चौथो खेलमा सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो ।

इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।खेलको ३८ अ‍ौं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको गोलमा अग्रता लियो । जुड बेलिंघमले बायाँ विंगबाट दिएको लो पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमै गोल गरेका थिए ‌।

पहिलो हाफको अन्तिम मुभमा इंग्ल्यान्डले अग्रता दोब्बर पार्यो ‌‌। कप्तान केनले प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा उत्कृष्ट फिनिस गरे ‌‌। काउन्टर अट्याकमा फोडेनले दिएको बल अघि बढाउँदै केनले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहार गर्दै जारी विश्वकपमा गोलको खाता खोले ‌।

दोस्रो हाफको ५७ अ‍ौं मिनेटमा इंग्ल्यान्डले अर्को गोल थप्यो । यसपटक फोडेनको पासमा बुकायो साकाले गोल गरे । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेर अघि बढेका‌ उनले फोडेनको पासलाई पहिलो टचमै गोलमा परिणत गरे ।इंग्ल्यान्डले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । आजै भएको पहिलो खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment