Latest
img

धरानमा फोहोर छैनः मेयर साम्पाङ

धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राईले धरानको सडकमा फोहोर नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमा आएका ‘धरानमा फोहोर व्यवस्थापन नभएको’ भन्ने खबर झुटो भएको बताएका छन्।

उनले धरानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण भएको बताएका छन्। उनले शुक्रबार आफ्नो फेसबुक लाइभमा बोल्दै इटहरी दुर्गन्धित भनेर आएको खबर पनि झुटो भएको बताए।

लाइभमा बोल्दै उनले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने बताएका छन्। ‘धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु।’ उनले भने।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment