काठमाडौं । एक व्यक्तिले डेढ करोड रुपैयाँभन्दा धेरै खर्च गरेर ३ सय आईफोन किनेका थिए । तर एप्पलको शोरुमबाट निस्कने बित्तिकै उनी लुटिए । लुटेराहरुले दिउँसो उनीमाथि आक्रमण गरी मोबाइल भरेको झोला खोसेर फरार भएका थिए । कुरा अमेरिकाको न्युयोर्कको हो ।
मेट्रो युके रिपोर्टका अनुसार घटना सोमबार बिहान १.४५ बजे भएको थियो, जब एक २७ वर्षीय पुरुष फिफ्थ एभिन्यूमा रहेको एप्पल स्टोरबाट मोबाइल किन्न गएका थिए। यहाँ उनले डेढ करोडभन्दा बढी खर्च गरेर ३०० वटा आइफोन १३ किनेका थिए र तीनवटा झोलामा भरेर पसलबाट निस्किए ।
झोला गाडीमा राख्न लाग्दा दुईजना अपहरणकारीले आक्रमण गरेका थिए । उनले ती व्यक्तिबाट मोबाइल भरिएको झोला खोस्ने प्रयास गरेका थिए । विरोध गर्दा अनुहारमा मुक्का हानेर झोला लिएर घटनास्थलबाट भागेका थिए । तीनवटा मध्ये एउटा झोला लुटेराहरूले लगे ।
यो झोलामा १२५ वटा आईफोन थिए जसको मूल्य ९५ हजार डलर थियो ।उक्त व्यक्तिले एप्पल स्टोरबाट आईफोन किनेर आफ्नो मोबाइल पसलमा बेच्ने गरेको बताइएको छ । उनको पसल आफ्नो क्षेत्रमा निकै चर्चित छ । यसअघि उनीसँग यस्तो घटना भएको थिएन ।
तर सोमबार उनीसँग यस्तो अप्रिय घटना घट्यो ।हाल प्रहरीले लुटेराहरुको खोजी गरिरहेको र उनीहरुको बारेमा जानकारी भए जानकारी दिन आग्रह गरेको छ । न्यूयोर्क जस्तो व्यस्त क्षेत्रमा यस्तो घटनाले प्रहरीलाई समेत चकित बनाएको छ ।एजेन्सीको सहयोगमा
यो पनि – पेशाले लरी चालक रहेका एक व्यक्तिले जमिन भित्रबाट एउटा बहुमूल्य औँठी पाएका छन् । १४ औं शताब्दीको औंठी ६४ लाख रुपैयाँ (४० हजार पाउण्ड) मा बिक्री भएको थियो । धेरै वर्षदेखि गाडिएको त्यो औंठी ती व्यक्तिले आफ्नो साथीको फार्महाउसमा फेला पारेका थिए। जब ती व्यक्तिले औंठी भेटे त्यो माटोले ढाकिएको थियो।
६९ वर्षीय डेभिड बोर्डले सुरुमा आफूले ‘स्वीट र्यापर’ फेला पारेको सोचेका थिए। तर, जाँच गर्दा त्यो सुन र हिरा मिश्रीत औँठी भएको पाइयो । डेभिडले बेलायतको डोर्सेटस्थित बलिङ्ग ग्रीन फार्महाउसबाट औंठी पाएका थिए। डेभिडले औंठी जमिनभन्दा ५ इन्च तल गाडिएको बताए । तर औंठीको अप्रत्याशित मूल्य पाएपछि डेभिड छक्क परे ।
यो औँठीमा फ्रेन्च भाषामा लेखिएको छ, ‘मैले तिम्रो विश्वासको ख्याल गरेझैँ तिमीले पनि गर’। यो औंठी लिलामीमा नुनान्स कम्पनीलाई बेचिएको थियो जसले यस्ता बहुमूल्य चीजहरू किन्छ। नुनान्सका सल्लाहकार निगेल मिल्सले भने, ‘औँठी एकदम सही अवस्थामा छ, यसमा इन्भर्टेड हीरा पनि छ।’
फार्महाउसमा लरी चालक डेभिडले फेला पारेको औंठी १४ औं शताब्दीमा सर थोमस ब्रुकको थियो। डेलीस्टारको रिपोर्टले दावी गरेको छ कि यो औंठी सर थोमस ब्रुकले उनकी श्रीमती लेडी जोन ब्रुकलाई १३८८ मा उनीहरूको विवाहको अवसरमा दिएका थिए। थोमस ब्रुक त्यो युगको एक ठूलो जग्गा मालिक थिए। उनी १३ पटक सांसद पनि भइसकेका थिए ।
लरी चालक डेभिडले लन्डनमा नुनान्स लिलामी पछि पाएको पैसा आफ्नो साथीसँग बाँड्नेछन्। डेलीस्टारसँग कुरा गर्दै डेभिडले पहिले बियर पिउने भए पनि अब आफूलाई अपग्रेड गरेर स्याम्पेन पिउने बताए ।डेभिडले भने कि उनी आफैंलाई निराशावादी व्यक्ति मान्छन् ।
उनी निश्चित थिएनन् कि यो औंठी कहिल्यै बेचिन्छ। उनको पार्टनरकी छोरी घर किन्ने सोचमा छिन्, त्यसैले उनले पैसाको केही अंश उनलाई पनि दिनेछन् ।
Leave A Comment