Latest
img

रवि लामिछानेलाई स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै उजुरी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उक्त जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै निर्वाचन आयोगका उजुरी परेको छ। नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले आयोगमा उजुरी दर्ता गराएका हुन्।

उनको उजुरीमा विदेशी नागरिक वा नेपाली नागरिक नभएको गैरनेपाली नागरिकले उम्मेद्‌वार हुन, मतदान गर्न र राजनीतिक दल खोल्न कानुनले प्र’ तिबन्ध लगाएको दाबी गरिएको छ।‘ रवि लामिछानेका बारेमा जे जुन प्रश्नहरु उठेका छन् सो गम्भीर छन्।

अनागरिक, गैरनागरिक वा विदेशी नागरिकका हातमा मुलुकको राजनैतिक सत्ता, मुलुकको कानुन बनाउने निकाय संसद् र राजनीतिको बागडोर पुग्दा मुलुकको सार्वभौमसत्ता, राजनैतिक स्वाधीनता र राष्ट्रियता नै अन्ततः कमजोर बन्ने र समाप्त हुने खतरा उत्पन्न हुन्छ’,

उजुरीमा भनिएको छ, ‘तसर्थ, यस विषयको गम्भीरता र कानुनको शासनको प्रत्याभूतिका लागि तत्कालै निर्णय होस् भनि सविनयताका साथ निवेदन पेस गर्दछु।’ नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वत: समाप्त हुने व्यवस्था रहेकाले

लामिछानेको नागरिकता पनि स्वत: खारेज भएको जिकिर गरिएको छ। यस्तो, अवस्थामा लामिछानेले अमेरिकी नागरिकता लिएपश्चात नेपालको नागरिकता कायम नरहेको हुँदा पुनः नेपालको नागरिकता प्राप्त नगरी नेपालको नागरिक हुन् नसक्ने जिकिर निवेदनमा गरिएको छ।

‘यस्तो अवस्थामा निज राजनैतिक दलमा संलग्न हुन, उम्मेदवार हुन र मतदान गर्न समेत सक्दैनन्’, निवेदनमा भनिएको छ, ‘तसर्थ, निज रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको सबैखाले आवद्धता अर्थात् सभापति र साधारण सदस्यता समेत राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१, ४६, ५५ र ५७ बमोजिम तत्कालै खारेज गरी पाउँ।’

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाएका छन्। भारतीय पक्षबाट भएका व्यवहारले आफ्नो नागरिकतको ज्यान जाँदा, घा’ इते हुँदा, भूमि मिचिँदा नेपाल सरकार केही नभएको जस्तो गरेर बस्दै निरीहता देखाएको भन्दै उनले आफूहरुको पुस्तालाई स्वीकार्य नहुने बताएका छन्।

वर्षौंको यो निरीहताको कारण के होला?’ लामिछानेले प्रश्न गरेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना–पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?

आफ्नो हक पाउनु भनेको कसैको वि’ रोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई?’ समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘नयाँ पुस्ताको आगमन भइसकेको छ । त्यसैले अब नयाँ शीराबाट कुरा गरौं । दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो, तय गरौँ । तर, निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment