बैतडीको पञ्चेश्वरकी माया लुहारको ह’ त्या आरोपमा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय भरतराम कोलीले प्रेममा धोका पाएपछि ह’ त्या गरेको बयान दिएका छन् । गत मंसिर १४ गते शिवनाथ गाउँपालिका–६ मा घाँटी रेटेर ह’ त्या गरेको अवस्थामा भेटिएकी माया लुहारको ह’ त्या गरेको स्वीकार गर्दै उनले यस्तो बयान दिएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए । प्रेमीकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको ह’ त्यापछि भागेर महेन्द्रनगर गएका हुन् । कोलीमाथि क’ र्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि क’ र्तव्य ज्यान मुद्दा दर्ता भएको हो
गएको मंगलबार घरबाट लुगा सिलाउनका लागि पञ्चेश्वर गाउँपालिका ३ कुलाउ गएकी माया बुधबार सम्म पनि नफर्किदा खोजी गर्दै जाँदा शिवनाथ मन्दिर नजिक उनको श’ व फेला परेको थियो । उनीसंगै गएकी उनकी भदै १५ बर्षीया नेहा लुहार घा’ इते अवस्थामा भेटिएकी थिइन् ।
उनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । गएको चुनावमा म्यादी प्रहरी समेत रहेकी मायाको केही दिन पहिला भरतले फोन खोसेको र त्यसपछि बोलाएर ह’ त्या गरेको पीडित पक्षको भनाइ छ । माया र भरतबीच विवाह गर्ने कुरा समेत भइरहेको थियो ।
भरतले मायालाई फोन गर्ने गरेको मृ’ तकका दाजु प्रकाशराम लुहारले समेत पुष्टि गरे । उनले भने ‘भरतले बैनीलाई फोन गथ्र्यो । म संग पनि कुरा भएको हो । विवाह गर्छु भन्थ्यो । मैले घरमा आउनु भनेको थिए । तर बोलाएर ह’ त्या गर्यो ।’मंगलबार मायको घाँटी रे’ टी ह’ त्या गरेका भरतराम कञ्चनपुर हुँदै भारत भाग्ने योजनामा रहेका थिए ।
तर उनलाई आइतबार महेन्द्रनगर बसपार्कबाट पक्राउ गरिएको छ । उनको दायाँ हातमा रहेको घा’ उको आधारमा प्रहरीले पक्राउ गरेको हो । केही दिन अघि सामाजिक सञ्जाल टिकटकमा उनले आफूले मायाको ह’ त्या नगरेको र च’ क्कुले आफ्नो हातमा समेत घाउ रहेको उल्लेख गरेका थिए ।
मायाको श’ व फेला परेकै दिनदेखि प्रहरीले भरतको खोजी गरिरहेको थियो । घटना भएको ५ दिनपछि उनी पक्राउ परेका थिए । घटनाका बिषयमा अभियुक्त पक्राउ परिसकेकाले थप जानकारी प्राप्त हुने प्रहरी निरीक्षक जोशीले बताएका छन् । अनुसन्धानका क्रममा ह’ त्याको कारण पनि खुल्छ ।
के कारणले उनले मायाको ह’ त्या गरेका हुन् अनुसन्धाबाट खुल्दै जान्छ ।’यसैबीच बैतडी प्रहरीले मायाको ह’ त्याका आरोपीतलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपाली ४ फ्याउलेकी माया लुहारको ह’ त्याका आरोपीत भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।
मृ’ तक मायाका परिवारले क’ र्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार कञ्चनपूरको महेन्द्रनगरबाट पक्राउ गरेको थियो । पक्राउ परेका कोललिाई राती बैतडी पु¥याएर सोमबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।
मायाको ह’ त्यापछि उनी फरार रहेका थिए । फरार रहेका अभियुक्त कोलीलाई प्रहरीले आइतबार महेन्द्ररनगर बजारमा डुलिरहेको अवस्थामा समातेको थियो । शिवनाथ गाउँपालिका–४ घर भएका कोलीलाई हिजो कञ्चनपुर प्रहरीले महेन्द्रनगरको बसपार्कबाट पक्राउ गरी बैतडी प्रहरीलाई बुझाएको थियो।
राति बैतडी पु–याइएका कोलीलाई आज अदालतमा उपस्थित गराइएको थियो ।अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम शाहीले बताए। कोलीमाथि क’ र्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले कि’ टानी जाहेरी दिएकै दिन उनीमाथि क’ र्तव्य ज्यान मुद्दा दर्ता भएको हो।
Leave A Comment