पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको छ। nपूर्वमा धानखाेलादेखि पश्चिममा शिवखाेला सम्मकाे ७७ किमि सडक क्षेत्रकाे दायाँबायाँ खाली गर्ने सूचना जारी गरेकाे हाे।
याे सडक खण्डमा एमसिसी परियाेजना लागू भएको छ। पहिलो चरणमा ४४ किलोमिटर क्षेत्र मर्मत गरिने उल्लेख छ। सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरी राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन गरेको हो।
जारी सूचनामा दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडकको केन्द्रबिन्दुबाट दायाँ, बाँया ३१/३१ मिटरभित्रका संरचना हटाउन निर्देशन दिइएको छ।सडक डिभिजन कार्यालय दाङका प्रमुखको हस्ताक्षर रहेको सूचनाअनुसार १५ दिनभित्र सम्पूर्ण संरचना हटाउन निर्देशन दिइएको हो।
मंसिर २० गतेदेखि लागू हुने गरी पुस ५ गतेभित्र नहटाएमा आफैँ हटाउनेसमेत सडक डिभिजन कार्यालय दाङको तयारी छ। साथै संरचना खाली गर्दा गराउँदा लागेको सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल–उपर गरिने जारी सूचनामा उल्लेख छ।
सडक डिभिजन कार्यालयले धानखोलादेखि शिवखोला क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनका लागि अनुरोध गरेको छ। कार्यालयले राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा सूचना टाँस गर्नसमेत पत्राचार गरेको छ।
यो पनि – नेपालमा रेल सञ्चालन गर्दा मासिक झण्डै एक करोड घाटा हुने गरेको रेल्वे कम्पनीले जनाएको छ । मासिक ६५ लाख आम्दानी गर्दै आएको रेल्वे कम्पनीले खर्च भने मासिक एक करोड ४३ लाख हुने गरेको बताएको छ । कम्पनीमा एक सय २५ जना भारतीय कर्मचारी छन् ।
नेपालमा दक्ष जनशक्ति नहुँदा भारतबाट कर्मचारी ल्याइएको हो । अहिले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा रहेको रेल्वे विभाका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो । रेलमा दैनिक २७ सय देखि ३ हजार यात्रु आवतजावत गर्छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७८ चेत्र १९ गते संयुक्त रुपमा रेलको उद्घाटन गर्नुभएको थियो । भारतको कोंकर्ण रेल्वे कर्पोरेसनसँग एक अर्ब रुपैंयमा खरिद गरेका दुईवटा रेल २०७७ असोजमा नेपाल आइपुगेको थियो ।
नेपालमा सन् १९२७ मै पहिलो पटक रेल सेवा शुरू भएको रेल सेवा १९६० सालमा आएर बन्द भएको थियो । त्यतिबेला अमलेखगञ्जदेखि भारतको रक्सौलसम्म ४८ किलोमिटरसम्म रेल सञ्चालनमा रहेको थियो ।
Leave A Comment