Latest
img

पहिलो हाफमा जापानले लियो अग्रता

फिफा विश्वकप फुटबलमा अहिले जारी अन्तिम १६ को पाँचौं खेलमा एसियन राष्ट्र जापान र युरोपियन राष्ट्र क्रोएसिया बीचको खेल जारी छ । अल जोनाउव रंगशालामा ८ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा जापानले क्रोएसियाविरुद्ध १–० को अग्रता बनाएको छ ।

पहिलो हाफमा क्रोएसियाले खेलमा ज्यादाा पकड राखे पनि गोल भने पहिला जापानले निकाल्न सफल भयो । तुलमनात्मक रूपमा क्रोएसियाले खेलमा ज्यादा मुभ बनाए पनि उसले अवसर सदुपयोग गर्न सकेन ।जापानक लागि खेलको ४३औं मिनेटमा डाइजेन माइडाले बक्स अघिबाट उत्कृष्ट गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

जापानले कर्नर किकबाट आएको बलमा निकै चलाखीपूर्वक मेहनत गरेर सो गोलका लागि मुभ बनाएको थियो, जसमा डाइजेनले खेर जान दिएनन् । उनको गोलमा योसिडाले निकै राम्रो अििसस्ट मिलाएका थिए ।आठौं मिनेटमा क्रोएसियाले निकै राम्रो अवसर बनाएको थियो ।

तर, इभान पेरिसिचले सट प्रहारमा ढिलाइ गर्दा क्रोएसिया सम्भावित गोल गर्नबाट चुकेको थियो । जापानी डिफेन्डरको गल्तीमा क्रोएसियलो सो मुभ बनाएको थियो । तर, फलदायी रहन सकेन । १२औं मिनेटमा जापानले क्रस पामा निकै राम्रो अवसर बनाएको थियो ।

जापानका दुईजना खेलाडीले पनि क्रस बललाई पोस्टको दिशा सकेनन् ।४१औं मिनेटमा जापाने क्रोएसिाको बक्समा निकै राम्रो मुभ सिर्जना गरे पनि प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिर जाँदा जापान निराश बनेको थियो । तर, जापालने त्यसको २ मिनेटमा गोल निकालेर खेलमा अग्रता लिन सपल भयो ।

यस खेलको विजेता टोलीले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ । यसअघि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा खेल्ने पक्का भइसकेको छ ।सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको जापान लगातार दोस्रो पटक अन्तिम १६ मा पुगेको हो।

जापान चार वर्षअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो। क्रोएसिया भने फाइनलसम्म पुगेर फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment