Latest
img

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने हो: अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गरेका छन् ।

कति दलभन्दा पनि कति मत भन्ने कुराले चुनावमा अर्थ राख्ने उनको भनाइ थियो ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै ओलीले चुनावमा गठबन्धनलाई हराउने दाबी गरेका हुन् ।

रेस्लिङ खेलको उदाहरण दिँदै ओलीले अगाडि भने, ‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’

लडाइँ जित्नको लागि तरिका र तयारी चाहिने भन्दै ओलीले आफूहरू जिततर्फ अगाडि बढ्ने बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment