Latest
img

ब्राजिलले सार्वजनिक गर्यो सुरुवाती खेल्ने ११ खेलाडीको सुची, नेयमार के भए ?

फिफा विश्वकप २०२२ अन्तर्गत आज राति हुने दक्षिण कोरियाविरुद्धको प्रि–क्वार्टरफाइनल खेलका लागि ब्राजिलले शुरुवाती ११ खेलाडीको सूची सार्वजनिक गरेको छ ।कतारको स्टेडियम ९७४ मा अबको केहीबेरमा राति १२ः४५ बजेबाट शुरु हुने दक्षिण कोरियाविरुद्धको राउण्ड अफ १६ का लागि ब्राजिलको शुरुवाती ११ खेलाडीको सूची सार्वजनिक भएको हो ।

चोटका कारण समूह चरणको दुई खेल गुमाएका नेयमार जुनियर र एक खेल गुमाएका डिफेन्डर डानिलोले कोरियाविरुद्धको खेलमा शुरुवात गर्नेछन् ।समूहको पहिलो खेलमा सर्बियामाथि २–० गोल अन्तरको जित निकोलेका खेलमा नेयमारको एङ्कलमा चोट लागेको थियो ।

सोही चोटका कारण नेयमार विश्वकपको बाँकी खेलमा कमब्याक हुन नहुने बारमा अन्यौलता थियो ।यस्तै एलेक्स सान्ड्रो, गाब्रियल जिजस र एलेक्स टेल्लेस भने चोटका कारण टोलिमा हुनेछैनन् ।ब्राजिलको शुरुवाती ११ खेलाडीको सूचीः रिचार्लीसन, भिनिसियस जुनियर, नेयमार जुनियर, राफिन्हा, कोसेमिरो, प्याक्वेटा, डानिलो, सिल्भा, मार्किन्होस्, मिलिसाओ र बेकर ।

एलिसन – ब्राजिलको नम्बर एक जर्सीले यो टूर्नामेन्टमा अझै बचाउन धेरै संघर्ष गर्नु परेको देखिन्न । एलिसन विश्वकै सर्वाधिक महङ्गा गोलकिपर हुन् ।एडर मिलिटाओ – स्विट्जरल्याण्ड र क्यामरुन विरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने दुई खेलाडी मध्ये एक ब्राजिलका एडर मिलिटाओ फिटनेस संघर्षका लागि स्पिनमा तेस्रो आउटिङको लागि लाइनमा हुनेछन् ।

थियागो सिल्वा – उनी निक्कै संघर्षशील खेलाडी हुन् । उनी आफ्नो लागि भन्दापनि टीमलाई सफल बनाउँन संघर्ष गर्न मन पराउँछन् । उनीपनि मैदानमा हुनेछन् ।कासेमिरो – स्विट्जरल्याण्ड विरुद्धको खेलमा नेयमारपछि संसारका सर्वश्रेष्ठ मिडफिल्डर भनिएको छ । उनको खेलमा टोलीलाई पास निकाल्ने कलामा जादु छ ।

रिचर्डसन – ब्राजिलसँगको यो विश्वकपको आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको क्रममा रिचार्लिसनले पहिलो खेल सुरु गरेका हुन् । फाइनलमा ९० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोपा अमेरिका २०१९ को उपाधि जिताउने उनै हुन् ।विनीसियस जूनियर – नेयमार उनका आदर्श हुन । नेयमार मैदानमा भएपनि अझैपनि चोटको सामना गरिरहेका छन् । तर नेयमारको पूर्ती गर्न विनीसियस जूनियर उत्कृष्ट हुनसक्छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment