विवाह गर्ने सहमति (इन्गेजमेन्ट) रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आ’ त्म दह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छ’ र्किएर आफ्नै शरीरमा आ’ गो लगाएर आ’ त्म दह गरेकी हुन्।
प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृ’ त्यु भएको हो। प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो।
यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार गरिएकाे इन्गेजमेन्ट परिवारकै सहमतिमा रद्द गरिएपनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आ’ त्म दह गरेकी हुन्। पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध कि’ टानी जाहेर दिएका थिए।
पुष्पाको जन्मदिनकै दिन इंगेजमेन्ट भए पनि विवाहको मिति तय भइसकेको थिएन ।तर, विवाहअघि घुमाउने, परिवारसँग बसेर रमाइलो गर्ने, एकअर्काप्रति माया गर्ने गरेका सुदनले इंगेजमेन्टपछि क्रमशः पुष्पालाई पटक–पटक मानसिक यातना दिएको र त्यसकै पी’ डा सहन नसकेर मार्न बाध्य पारेको मृ’ तकका परिवारको आरोप छ ।
काका उत्तम न्यौपानेका अनुसार शनिबार मात्रै विवाह नगर्ने गरी इंगेजमेन्ट तोड्न सुदन, उनका बाबु दिनेश र आमा विन्दु संग्रौला पुष्पाको परिवारलाई भेट्न पुगेका थिए । त्यसपछि इंगेजमेन्ट गर्दा आदानप्रदान गरिएका गरगहना र जनैसुपारी फिर्ता लिएर केटा पक्ष निस्किएको थियो ।
‘५/७ महिनाअघि मात्रै छोरीले स्नातकोत्तर उत्तीर्ण गरेपछि काम गर्न थालेकी थिइन् । हाम्रो आफ्नै शोरुममा उनी काम गर्थिन्, त्यहीं आउँदा केटासँग चिनजान भएर पछि विवाह गर्नेसम्मको सम्बन्ध भएको थियो,’ पुष्पाका काका उत्तमले भने, ‘इंगेजमेन्टअघि केटा र परिवार सबैले राम्रो व्यवहार गरेका थिए ।
दुवै परिवारबीच आउजाउ हुन्थ्यो । तर, त्यसपछि भने खै किन हो, बिस्तारै छोरीलाई म’ नसिक या’ तना दिने, अनावश्यक शंका गर्ने, अविभावकलाई फोन गरेर अनावश्यक त’ नाव दिने काम भयो । धा’ कध’ म्की दिनेसम्मका पनि व्यवहार हुँदै गयो, भयो ।
त्यही क्रममा शनिबार इंगेजमेन्ट तोडिएको थियो, त्यसको भोलिपल्ट छोरी केटाको घरनजिकै ज’ लेको खबर आयो ।’ पुष्पा ज’ लेको खबर पनि केटाका बाबु दिनेशले दिएको उत्तमले बताए । ज’ ल्दा ज’ ल्दै आगो निभाउनुको साटो ‘पुष्पाजस्तै केटी पेट्रोल छ’ र्केर ज’ लेको जस्तो छ’ भन्दै दिनेशले पुष्पाका बाबु पुरुषोत्तम न्यौपानेलाई खबर गरेका थिए ।
त्यस क्रममा बचाउन छाडेर हेरेर बस्नुले छोरीको मृ’ त्यु नै शंकास्पद भएको काका उत्तमको भनाइ छ । केहीबेरमा प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले ह’ त्या आशंकामा सुदनलाई पक्राउ गरी अदालतमा अनुसन्धानका लागि म्याद थप गरिसकेको छ । सुदनका दाजु मधुसुदन, बाबुआमालाई पनि नियन्त्रणमा लिएकामा सोधपुछपछि छाडिएको छ ।
Leave A Comment