Latest
img

प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी खर्च ९ लाख ५० हजार

डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन् ।नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन ।

यस्तै प्रतिनिधि सभातर्फ क्रमशः नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९०, राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च विबरण बुझाएका छन् ।

यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाउनुभएको छ ।

यो पनि – प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ। प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ। अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको छ।

नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र एकीकृत समाजवादी सातौं पार्टी बनेका छन्। एक वर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँडेका कमल थापाले राप्रपा नेपाल पार्टी पुनर्गठन गरे र त्यो पार्टीको अध्यक्षसमेत बने।

निर्वाचन आयोगले उनको पार्टीलाई चुनाव चिन्ह तिर दिएको थियो। तर, उनी आफैं भने पार्टीको चुनाव चिन्हबाट नलडी एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर १ मा उम्मेदवार बने। आफ्ना पार्टीका उम्मेदवारलाई भने उनले तिरमै चुनावमा उठाए। राप्रपा नेपालले प्रतिनिधिसभातर्फ १२ हजार ३०२ मत पाएको छ।

उनले मकवानपुर १ मा प्रत्यक्षमा पाएको २६ हजार मत एमालेमै जोडिने भएकाले राप्रपा नेपाललाई घाटा लागेको छ। राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१ हजार ६९६ मत पाएको छ। राप्रपा नोपलले कहीँकतै उल्लेख्य मत प्राप्त गर्न सकेन ।उसले प्रदेश १ मा ३,३९१,

मधेसमा ६,५२२, बागमतीमा ५,६७५, गण्डकीमा ९१२, लुम्बिनीमा ३,३४९, कर्णालीमा ६०६ र सुदूरपश्चिम प्रदेशमा १,२४१ मत पाएको छ। थापाले छाडेको राप्रपाले भने संघतर्फ प्रत्यक्ष र समानुपातिक गरी १४ सिट हात पार्ने भएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment