जारी फिफा विश्वकप फुटबलमा अहिले अफ्रिकी देश मोरक्को र युरोपियन देश स्पेन बीच अन्तिम १६ को खेल जारी छ । एजुकेसन सिटी रंगशालामा ८ः४५ बजेबाट सुरु भएको खेल निर्धारित समय सकिएपछि ३० मिनेटको थप समयमा गएको छ ।
९० मिनेट र ५ मिनेटको इन्जुरी समयमा समेत दुवै तर्फबाट गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्र समयमा गएको हो ।पहिलो हाफमा दुवै तर्फबाट खेलमा १ गोल पनि हुन सकेन । फिफा विश्वकप कतार २०२२ अन्तरगत मोरक्को र स्पेनबीचको क्वाटरफाइनलको खेल अतिरिक्त सयमा लम्बिएको छ ।
स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन बोनोउलाई खासै समस्या भएको छैन । यता, मोरक्कोले काउन्टर अट्याकमा स्पेनको डिफेन्डरमाथि दवाव बढाएपनि गतिलो आक्रमण हुन सकेको छैन ।१२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन ।
२७औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट
नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो ।५५औं मिनेटमा मार्काे एसेन्सियोको फ्लिक फ्रिकिकमा ड्यानी ओल्मोको प्रहारलाई गोलरक्षक यासिन बोनोल पञ्च गर्दै बचाउँदा स्पेनले अग्रता लिन सकेन ।८२औं मिनेटमा अल्भारो मोराटाले अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
८६औं मिनेटमा अकरफ हाकिमीको क्रसमा वालिड चेडडिराले एक डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक सिमोनले नियन्त्रणमा लिन सफल भए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुन मोराटा चुके । उनको हेडरले पोस्टको दिशा लिन सकेन ।
Leave A Comment