Latest
img

प्रशिक्षकले देखाए पारा, क्रिस्टियानो रोनाल्डोलाई स्वीट्जरल्यान्डसंग खेल्न दिएनन

फिफा विश्वकप फुटबलको अन्तिम १६ को अन्तिम खेलमा अबको केहीबेरमा दुई युरोपियन राष्ट्र पोर्चुगल र स्वीट्जरल्यान्डको रोमाञ्चक खेल शुरु भएको छ । खेल लुजाइल रंगशालामा नेपाली समय अनुसार मध्यराति ठीक १२ः४५ बजेबाट सुरु भएको हो ।

सो खेलका लागि पोर्चुगलले आफ्ना कप्तान तथा प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोबिनै खेलने भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोलाई बेन्चमा राखेका छन् ।यसअघिको खेलमा पनि रोनाल्डोलाई चाँडै सब्सिच्यूट गरिएको थियो । आज अन्तिम १६ को निर्णायक खेलमा त रोनाल्डोलाई सुरुआती ११ मै नराखी बेन्चमा राखिएको छ ।

पछिल्ला केही घण्टामा रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोषले बीच टकराव सुरु भएको भन्ने समाचार आएका बेला रोनाल्डोलाई महत्त्वपूर्ण खेलमा बेन्चमा राखिनुलाई अर्थपूर्ण मानिएको छ ।खेलको अघिल्लो दिन नै प्रशिक्षक फर्नान्डो सान्तोसले पछिल्लो खेलमा रोनाल्डोले गरेको व्यवहारका कारण आफू रुष्ट रहेको बताएका थिए ।

रोनाल्डोलाई परिवर्तन गर्दा उनले देखाएको आचरणप्रति प्रशिक्षकको आपत्ति थियो । प्रशिक्षक सान्तोसले खेलको अघिल्लो दिन पनि रोनाल्डो सुरुवाती रोजाइमा खेल्ने वा नखेल्ने पक्का बताउन मानेका थिएनन् ।रोनाल्डोको अनुपस्थितिमा गोन्कालो रामोसले पहिलो रोजाइमा अवसर पाएका छन् ।

त्यस्तै जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेस आक्रमणमा छन् । ओटाभियो, बर्नार्डो सिल्भा र विलियम कार्भाल्हो मिडफिल्डमा खेलिरहेका छन् । टोलीको कप्तानी डिफेन्डर पेपेले गर्दा उनलाई राफाएल गुरेरो, रुबेन डियास र डिओगो डालोटले साथ दिएका छन् । गोलरक्षकमा डिओगो कोस्टा छन् ।

यता स्वीस टोलीका लागि भने गोलरक्षक यान सोमर टोलीमा फर्केका छन् । समूह चरणको अन्तिम खेलमा उनी उपस्थित थिएनन् । डिफेन्समा म्यानुएल अकन्जी, फाबियन सेर, रिकार्डो रोड्रीग्वेज र फर्नान्डेस छन् । मिडफिल्डमा ग्रानिट झाका र रिमो फ्रुएलर छन् । आक्रमणमा ब्रिल एम्बोलोलाई भार्गास, मोहमाथ सोउ र जेर्डान शाकिरीले साथ दिनेछन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment