फिफा विश्वकप फुटबलको अन्तिम १६ को अन्तिम खेलमा अहिले दुई युरोपियन राष्ट्र पोर्चुगल र स्वीट्जरल्यान्ड बीचको खेल जारी छ । लुजाइल रंगशालामा नेपाली समय अनुसार मध्यराति ठीक १२ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफमा पोर्चुगलले २–० को अग्रता लिएको छ ।
कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर उत्रिएको पोर्चुगलले पहिलो हाफमा स्वीस टिमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै निकै चाँडो २ गोलको अग्रता बनाएको हो ।पोर्चुगलका लागि खेलको १७औं मिनेटमा युवा खेलाडी गोनकालो रामोसले शानदार गोल गरेर अग्रता दिलाए ।
आज उनलाई रोनाल्डोको स्थानमा सुरुआतमै खेलाइएको थियो । पहिलो अन्तर्राष्ट्रि सुरुआत गरेका उनले निकै चाँडो गोल गरे, त्यो पनि रकेट सटमा । रामोसले जोआ फेलिक्सको पासमा कठिन पोजिसनबाट हानेको शक्तिशाली सटले कर्नर च्यापेर शानदार ढंगले जाली चुमेको थियो ।
उनको प्रहार स्वीस गोलकिपरले रोक्ने कुनै चान्स नै पाएनन् ।त्यसपछि पोर्चुगलका लागि खेलको ३३औं मिनेटमा भेट्रान डिफेन्डर पेपेले हेडिङमार्फत् शानदार गोल गरेर टिमको अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेजले कर्नरबाट हानेको बलमा बक्स अघिबाट पेपेले जम्प लगाएर उत्कृष्ट हेडिङ गोल गरेका थिए ।
उनको हेडिङ रोक्न गोलकिपरले समय नै पाएनन् । दोस्रो गोल खाएको ४ मिनेटमा स्वीट्जरल्यान्डले गोल गर्ने अवसर पाए पनि गोल निस्कन भने सकेन । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।यस खेलमा जित हासिल गरे पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ ।
मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।रोनाल्डो बेन्चमा निकै भाबुक मुद्रामा देखिएका छन् । पछिल्ला केही घण्टामा रोनाल्डो र प्रशिक्षक फर्नान्डो सान्तोषले बीच टकराव सुरु भएको भन्ने समाचार आएका बेला रोनाल्डोलाई महत्त्वपूर्ण खेलमा बेन्चमा राखिनुलाई अर्थपूर्ण मानिएको छ ।
Leave A Comment