Latest
img

एक व्यापारीलाई ह’ नी ट्र्या’ पमा फसाएर ठगी गरेको आरोपमा युट्युबर पक्राउ

एक व्यापारीलाई ह’ नी ट्र्या’ पमा फसाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युट्युबर नम्रा कादिर पक्राउ परेकी छिन् । भारत, गुरुग्राम प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा नम्रा विवाहित हुन् ।उनी एक बच्चाकी आमा समेत रहेको खुलेको छ ।

अहिले नम्राका श्रीमान विराट बेनिवाललाई पक्राउ गर्न प्रहरीले खोजी थालेको छ ।नम्रा कादिर सामाजिक सञ्जालमा एकदम चर्चित नाम हो । उनको युट्युबमा ६ लाखभन्दा बढी र इन्स्टाग्राममा २ लाखभन्दा बढी फलोअर्स छन् । नम्राले गुरुग्रामका एक व्यापारीलाई श्रीमानसँग मिलेर माया जालमा फसाएकी थिइन् ।

त्यसपछि ब’ ला’ त्कारको झुटो मुद्दामा फसाउने ध’ म्की दिएर लाखौं रकम लुटिन् । नम्राले एक करोड २८ लाखभन्दा बढी रकम असुली गरेको आरोप व्यापारीले लगाएका छन् । त्यसपछि नोभेम्बर २४ मा पीडित व्यापारीले नम्राविरुद्ध गुरुग्रामको सेक्टर ५० प्रहरी चौकीमा उजुरी दिएका हुन् ।

व्यापारीले आफ्नो उजुरीमा लेखेका छन्, ‘कामको सिलसिलामा र्याडिसन होटल सोहना रोडमा नम्रा कादिरलाई भेटेँ । उनी युट्युबर हुन् । उनले मलाई विराट बेनिवालसँग पनि परिचय गराइन् । उनले बेनिवाल पनि एक युट्युबर र आफ्नो नजिकको साथी भएको बताइन् ।

उनले मेरो फर्ममा काम गर्न भनेर दुई लाख (भारु) अग्रिम भुक्तानी मागे । मैले नम्रालाई अलि पहिले नै चिनेकोले सोही दिन दुई लाख रुपैयाँ दिएँ । पछि मैले विज्ञापन ल्याएर बुझाएपछि उनले हुन्छ भने अनि थप ५० हजार (भारु) मागे, जुन मैले उनको खातामा पठाएँ ।’

व्यवसायीले आफ्नो उजुरीमा थप भने, ‘त्यसपछि पनि मेरो काम भएन् । अनि नम्राले काम एउटा बहाना मात्रै भएको बताइन्, उनले मलाई मन पराउँछिन् र मसँग बिहे गर्न चाहन्छिन् । बहिनीको बिहेपछि मेरो पैसा फिर्ता गर्छु भनिन् । मैले पनि उनलाई मन पराएँ र हामी सँगै घुम्न थाल्यौं ।

विराट सधैं उनको साथमा हुन्थे । एक दिन हामी क्लबमा पार्टी गर्न गयौं, नम्रा र विराटले मलाई ज’ बर जस्ती र’ क्सी पिउन लगाए । हामी तीनैजना होटलमा कोठा बुक गरेर सुत्‍यौं । बिहान उठ्ने बित्तिकै नम्राले मेरो कार्ड मागेर ब्ल्याकमेल गर्न थालिन् । मैले नमानेको खण्डमा ज’ बर्ज’ स्ती क’ रणी मुद्दा हाल्ने बताइन् ।

म डराए, मैले उनलाई अनुरोध गरें कि हामी साथी हौं र हामीले केहि गलत गरेका छैनौं, त्यसैले यो गर्नु हुँदैन ।’व्यापारीले अगाडि भने, ‘यो कुराकानीकै क्रममा विराट बेनिवालले ह’ ति’ यार निकालेर आफू नम्राको पति भएको बताए । यदि मैले उनको कुरा सुनिन भने, उसले मलाई फसाउनेछ ।

यो घटनापछि मैले उनको कुरा मानेँ, अहिलेसम्म उसले मबाट ७०–८० लाख रुपैयाँको सामान र नगद लिएको छ, जसको मसँग प्रमाण छ ।’ व्यापारीका अनुसार नम्रा कादिरले उनको फोन लिएर सबै प्रमाणहरू डिलिट गरेकी थिइन् । उनको फोन रिसेट गरिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment