Latest
img

ब्राजिलको खेल हेर्दा श्रीमतीसँग डिभोर्स

साउ पाउलो । कतारमा जारी विश्वकप फुटबलमा आफ्नो देशको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको यही घटनाका कारण पारपाचुके भएको छ ।उनले सन् २०१५ मा फ्रेञ्च क्लब हाभ्रेमा आफ्नो अनुबन्ध समझौंता असफल भएपछि १८ जना ‘कलगर्ल’ सँग रात बिताउन १३ हजार स्टर्लिङ पाउण्ड खर्चेको बताइएको छ ।

आड्रियानो स्विट्जरल्याण्डविरूद्ध ब्राजिलको खेल साथीहरूसँग बसेर हेर्न रियो दि जेनेरिया जिल्लामा पर्ने भिला क्रुजेइरो पुगेका थिए । इन्टर मिलानका यी पूर्व स्ट्राइकरले पनि आफू दुई दिन साथीहरूसँग बसेर फुटबल हेर्न निस्किएको बताएका थिए ।यही कुरालाई लिएर आड्रियानोको आफ्नो श्रीमतीसँग झगडा भएको थियो ।

यो पनि -कतार विश्व कप फुटबल जारी रहँदा पोर्चुगिज फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो भने विवादका कारण चर्चामा छन् । स्विट्जरल्यान्डविरुद्ध मंगलबार भएको अन्तिम १६ को खेलमा रोनाल्डो पहिलो रोजाईमा पर्न असफल भएका थिए ।

सुरुवाती रोजाइमा पर्न असफल रोनाल्डो ७३ औं मिनेटमा जोआओ देलिक्सको सट्टा मैदानमा प्रवेश गरेका थिए । पोर्चुगल ६–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेशका लागि टोलीले मोरोक्कोको सामना गर्नेछ । मोरोक्कोले स्पेनलाई हराएर अन्तिम आठको यात्रा तय गरेको थियो ।

क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको भोली पल्ट बुधबार प्रशिक्षक फर्नान्डो सान्तोसले स्विट्जरल्यान्डविरुद्ध बेन्चबाट खेल सुरुआत गर्ने खेलाडीका लागि अभ्यास सत्र राखेका थिए । बेन्चबाट सुरु गर्नेमा रोनाल्डो पनि थिए । तर उनी त्यो अभ्यास सत्रमा सहभागी भएनन् ।

पहिलो रोजाईमा परेका खेलाडीले जिममा वर्कआउट गरेका थिए । रोनाल्डो त्यहि समूहमा सामेल भएका थिए । त्यसरी अलग अलग अभ्यास सत्र गरेपनि सुरुवाती खेलाडीकै साथमा सामेल हुन रोनाल्डोले अप्ठेरो मानेनन् । अन्य वैकल्पिक खेलाडीलाई भने उनको व्यवहार आश्चार्यजनक थियो ।

ठूला प्रतियोगितामा ३१ खेलपछि रोनाल्डो पहिलो रोजाईमा पर्न असफल भएका थिए । सन् २००८ यता उनले मंगलबार पहिलो पटक बेन्चबाट सुरुवात गर्नुपरेको थियो । रोनाल्डोसँग जोडिएका हरेक विषय विवादित बन्दै आएका छन् । उनलाई सुरुवात नराउने प्रशिक्षकको निर्णयले पनि धेरैलाई आश्चार्यमा पारेको थियो । रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिगुइजले प्रशिक्षकको कदमको आलोचना गरेकी छिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment