राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिएका छन् ।भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले रास्वपा पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताएका छन ।आज चितवन आएका लामिछानेले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै जस्तो अवस्था आएपनि रास्वपा पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताएका हुन् ।
उनले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिएका छन् ।पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन् ।
लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।’सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेले बताए ।नागरिकताको विषयमा सोधिएको प्रश्नमा रास्वपा सभापति लामिछानले राज्यले गर्ने छानबिनमा सघाउने बताए ।
यता सुनसरी क्षेत्र नम्बर २ बाट यो पार्टीबाट चुनाव लडेर पराजित भएका जिल्ला सभापतिसमेत रहेका लालबिक्रम थापाले समानुपातिकतर्फको सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्टि जनाएका छन्। निर्वाचन आयोगमा पार्टीको प्राइमरी इलेक्सन र बन्दसूचीको क्रमसंख्याभन्दा बाहिर नगएर नामावली पठाउन पार्टीलाई ध्यानाकर्षण गराएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘समानुपातिक सांसद छनोट प्रक्रियामा विधि, पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सनको र बन्दसूचीको क्रमसंख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य र शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी हुने छैन।’
थिति बसाल्न र पार्टी बिग्रेला भन्ने भन्दै उनले पार्टी कार्यालय पुगेर नेतृत्वलाई ध्यानाकर्षणसमेत गराएका छन्। समानुपातिकको बन्दसूची तयार पार्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले डिजिटल माध्यमबाट ‘प्राइमरी इलेक्सन’ गरेको थियो। ‘प्राइमरी इलेक्सन’ मार्फत समानुपातिकतर्फका आकांक्षी उम्मेदवारले पाएको मतका आधारमा यो पार्टीले निर्वाचन आयोगमा बन्दसूची पेस गरेको थियो।
सुनसरी सभापति थापालगायतले ‘प्राइमरी इलेक्सन’ मा उम्मेदवारहरूले पाएको मतका आधारमा ‘क्लस्टर’ मिलाएर नामावली पठाउन पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका छन्। प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रणालीमा १३ सिट पाएको छ।
‘क्लस्टर’ अनुसार यो पार्टीले आदिवासी जनजाति र खस आर्यबाट ३ / ३ जना, दलित र मधेसीबाट २ / २ जना तथा पिछडिएका वर्ग, थारू र मुस्लिमबाट १÷१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ। प्रत्यक्षतर्फको ७ सिटमध्ये तोसिमा कार्की र सोबिता गौतम दुई महिला निर्वाचि भएकी छन्। यी दुवै खसआर्य समूहकी हुन्।
एक तिहाइ महिला पु¥याउनुपर्ने संवैधानिक प्रावधानअनुसार यो पार्टीले समानुपातिकतर्फबाट थप चार जना महिला पठाउनुपर्ने हुन्छ। एक तिहाइ पु¥याउन क्लस्टरबाट ४ महिला पठाएर खसआर्य समूहबाट तीन पुरुष पठाउने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पठाएको बन्दसूचीमा पुरुषतर्फ खस आर्य समूहमा डोलप्रसाद अर्याल, गणेश कार्की र दीपक बोहोरा अगाडि थिए।
त्यस्तै महिलातर्फ डा.चन्दा कार्की, निशा डाँगी र चन्द ऐर चाँदनी अगाडि थिए। पुरुष खस आर्यबाट अर्याल, कार्की र बोहोरा सांसद बन्ने छन्। खसआर्य समूहबाट पुरुषलाई मात्रै पठाउने तयारी भएपछि यो समूहका महिला असन्तुष्ट बनेका छन्। ‘प्राइमरी इलेक्सन’ मा पाएको मतको आधारमा बन्दसूची पठाइए पनि अन्तिममा १३ जना सांसद छान्दा त्यसलाई ध्यान नदिइएको कतिपयको गुनासो छ।
मधेसी समूहबाट यो पार्टीले मनिष झालाई सांसद बनाइरहेको छ। जबकि पार्टीको ‘प्राइमरी इलेक्सन’ मा झाको भन्दा मधेसी समुदायतर्फ लक्ष्मी तिवारीले बढी मत पाएकी थिइन्। आयोगमा पठाएको सूचीमा तिवारी ६ र झा ९ औं स्थानमा छन्। यसैगरी खसआर्य समुदायबाट डा.चन्दा कार्की र निशा डाँगी आयोगमा पठाएको सूचीमा गणेश कार्की र दीपक बोहोराभन्दा अघि छन्।
सुनसरीका सभापति थापा भने ‘प्रााइमरी इलेक्सन’ मा आकांक्षी उम्मेदवारहरूले प्राप्त गरेको मत र निर्वाचन आयोगमा पठाइएको बन्दसूचीको क्रम संख्याअनुसार नै अन्तिम नामावली पठाउनुपर्नेमा जोड दिन्छन्। ‘प्राइमरी इलेक्सनबाट जुन साथीहरू छानिनु भएको हो उहाँहरूलाई नै लानुपर्छ भन्ने पार्टीको सिद्धान्त हो,’
थापा भन्छन्, ‘बन्दसूची पनि सोही अनुसार नै निर्वाचन आयोगमा पठाइएको हो। यो विधिबाट छानिएकालाई लान सकिए कसैले प्रश्न उठाउन सक्दैनन्। अन्तिम चरणमा तलमाथि नहोस् त्यसका लागि केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण गराएका छौं।’
Leave A Comment