Latest
img

एकदिन पुष्पाको मोबाइलको कभर निकाल्दा मोबाइलबाट एउटा चिट खस्यो, सो चिट पुष्पाका पूर्व प्रेमी…

काठमाडौँको दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका । नुवाकोट घर भएकी २७ वर्षीया पुष्पा न्यौपाने व्यापारिक घरानामा जन्मिइन् । आर्थिक प्रशासनमा स्नातकोत्तर गरेकी पुष्पालाई केल्मीका लगानीकर्ता उनका काका उत्तम न्यौपानेले उनैको नाममा शोरुम दर्ता गरिदिए ।

करिअरको सिँढी चढ्दै गरेकी पुष्पाले १८ मङ्सिरमा आफैँलाई ज’ लाउने निर्णय गरिन् । धुम्बाराही स्थित प्रेमी सुधन सङ्ग्रौलाको घरको गेटमा गएर पेट्रोल छ’ र्केर उनले आ’ त्म दाह गरेकी हुन् । पुष्पाले आफैँलाई ज’ लाउने निर्णय गर्नुको कारण हो– ‘प्रेमीसँगको सम्बन्धमा आएको खटपट ।’

काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा परिवारसँग बस्ने पुष्पाले २०७९ भदौ १८ मा सुधनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले मङ्सिर १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे । प्रेमीले इन्गेजमेन्टको जनै–सुपारी फिर्ता गरेको भोलिपल्ट आफैँलाई आगो लगाएकी पुष्पाको मङ्सिर १९ मा कीर्तिपुर स्थित बर्न अस्पतालमा मृ’ त्यु भएको थियो ।

मङ्सिर १७ मा दुवैतर्फका परिवार बसेर बुद्धनगर स्थित पुष्पाको घरमा इन्गेजमेन्ट तोडेका हुन् । सँगै जिउने बाचा तोडेको दिन पुष्पाले परिवार साक्षी राखेर सुधनलाई भनिन्–‘हजुरभन्दा राम्रै केटा पाउँछु ।’ घरको माथिल्लो तलामा सुधनलाई जवाफ लगाए पनि प्रेमीका परिवार छुट्ने बेला पुष्पा गेटसम्म बिदा गर्न गइन् ।

उनलाई परिवारका सदस्यले भने–‘सम्बन्ध टुटेपछि बिदाइ गर्न नजाऊ ?’ तर, उनले मानिनन् । गेटमा सुधनलाई हग गरिन् । भनिन्–‘आवेशमा केही बोलेको हुँला, माफी चाहन्छु ।’ अनि, केटाका परिवार त्यहाँबाट बिदा भए । भोलिपल्ट ५ लिटर पेट्रोल लिएर उनी प्रेमीको घरको गेटमा पुगिन् ।

करिब आधा जर्किन पेट्रोल ख’ न्याएर आफैँलाई ज’ लाइन् । प्रहरी कन्ट्रोलमा खबर आयो–‘धुम्बराहीमा एकजना मान्छे ज’ लिरहेको छ ।’ प्रहरी वृत्त महाराजगञ्जको टोली तत्काल घटनास्थलमा गयो । ‘हाम्रो टोली पुग्दा कपडा ज’ लिसकेको थियो’ प्रहरी वृत्त महाराजगञ्जका एकजना अधिकृत भन्छन्–‘त्यसपछि तत्काल उहाँलाई अस्पताल लग्यौँ ।’

सुधनका दाजु मधु सङ्ग्रौलाले पुष्पा जस्तै मानिस ज’ लेको देखेपछि उनको बुवालाई खबर गरेको बताएका छन् । उनी भन्छन्–‘हामीले घरबाट हेर्दा घटनास्थलमा अरू मानिस जम्मा भैसकेका थिए, तत्काल प्रहरी आइपुग्यो ।’ त्रिवि शिक्षण अस्पताल हुँदै कीर्तिपुर स्थित ब’ र्न अस्पतालमा उपचारको क्रममा पुष्पाले ज्यान गुमाइन् ।

भनिन्छ नि–‘शङ्काले लङ्का डढाउँछ ।’ पुष्पा र सुधनको बीचमा पनि त्यस्तै भएको अनुसन्धानबाट थाहा भएको छ । सुधन करिब ६ वर्ष चीनमा बसेर फर्केका हुन् । महावौद्धमा उनका परिवारले खेलौनाको होलसेल पसल संचालन गरेका छन् । चिनबाट सामान आयात गर्दा दुई परिवारको बीचमा चिनजान र सामिप्यता बढेको थियो ।

पछि, पुष्पा र सुधनको चिनजान भयो । दरबारमार्ग स्थित केल्मीको सोरुममा जाँदा आउँदा चिनजान भएसँगै उनीहरू नजिकिए । करिब ६ वर्ष चीनमा बस्दा चिनियाँ प्रेमीका रहेको कुरा सुधनले पुष्पासँग सेयर गरेका थिए । एकदिन पुष्पाको मोबाइलको कभर निकाल्दा मोबाइलबाट एउटा चिट खस्यो ।

सो चिट पुष्पाका पूर्व प्रेमीले लेखेको चिठी रहेछ । सुधनले त्यतिवेला थाहा पाएका थिए–‘पुष्पा पनि पहिले अफेयरमा थिइन् ।’ दुवैजना पुराना सम्बन्ध छाडेर नयाँ नाता गाँस्न तयार भएका थिए । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्–‘दुवैजना पुराना कुरा बिर्सेर अघि बढ्न तयार भए ।’

अनि, परिवारको रोहवरमा इन्गेजमेन्ट भएको थियो । इन्गेजमेन्ट भएपछि चाहिँ सुधन र पुष्पाले एक अर्कालाई शंका गर्न थाले । त्यसपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो ।पुष्पाले सुधनलाई ‘हजुर’ सम्बोधन गर्थिन् । फोन नउठेपछि म्यासेज गर्थिन् । सुधनले फोन रेस्पोन्स नगरेपछि कतिपय बेला दाजु मधुलाई भन्थिन्–‘उहाँको फोन उठेन, म दरबारमार्गमा हा’ म फालेर आ’ त्म ह’ त्या गर्छु ।’

पुष्पाको त्यस्तो कुरा सुनेपछि मधुले धेरैपटक भाइलाई केल्मीको सोरुममा लिएर जाने गरेको बताएका छन् । सुधन र पुष्पाको विवादबारे दुवैतिरका परिवार जानकार थिए । इन्गेजमेन्ट तोड्ने दिन पुष्पाका काका उत्तमसँग सुधनले भनेका थिए–‘अब मिल्न सक्दैनौँ’ त्यसपछि सम्बन्ध टुट्यो ।

सुधनलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुधनबिरुद्ध ‘आ’ त्म ह’ त्या दु’ रु त्साहन’ कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment