लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । कैलालीकी काजल र जुम्लाका छत्र शाहीले बिहाह धार्मिक विधिअनुसार शुक्रबार गुह्येश्वरी मन्दिरमा विवाह भएको हुन् ।चर्चित कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् ।इन्द्रेणी कार्यक्रममा भेटपछि उनिहरु प्रेम सम्बन्धमा थिए ।
२०७८ साल छ्त्र शाहीले काजलसङ्ग जुम्लामा सामाजिक विवाह गरेका थिए ।उता नायक संयम पुरी र नायिका आश्मा डीसीले बिहेको ५ दिनपछि बुधबार काठमाडौंको नर्लिङ रिसोर्टमा पार्टीको आयोजना गरे । पार्टीमा फिल्म क्षेत्रका केही मानिसहरुलाई मात्र बोलाइएको थियो ।पार्टीमा नायिका पूजा शर्मा नायक विपिन कार्कीसँग पुगेकी थिइन् ।
एउटै गाडीमा पूजा र विपिन पुगेका थिए । विपिन र पूजाले एकसाथ आजसम्म फिल्ममा काम गरेका छैनन् ।तर, पनि उनीहरु फिल्मीकर्मी अनुराग कुँवरको गाडीमा एकसाथ पुगेका थिए । अनुराग नायक विपिन कार्कीसँग निक्कै नजिक छन् । संयम र आश्मालाई विपिन र पूजाले शुभकामना दिए ।
पूजा सारीमा पुगेकी थिइन् । काठमाडौंको जाडोलाई समेत चुनौती दिएकी पूजा सारीमा निक्कै खुलेकी थिइन् ।बिहे पार्टीमा नायिका नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी लगायत पनि पुगेका थिए । ७ बर्ष लामो प्रेम सम्बन्धलाई आश्मा र संयमले बिहेमा परिणत गरेका हुन् ।
यो पनि – हिमाल सागर र अनु चौधरीको आवाजमा रोमान्टिक गीत ‘ए हो र माया’ले यतिबेला निकै चर्चा पाइरहेको छ । सार्वजनिक गितले दोस्रो हप्तासम्म आइपुग्दा युट्यूबमा चार मिलियन भन्दा बढी भ्यूज पाएको छ ।युट्यूबका साथै यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ ।
टिकटकमा गीत निकै ‘भाइरल’ छ । चर्चित टिकटकरसम्मले गितमा टिकटक बनाएका छन् । यो गीतमा २७ लाख बढी टिकटक बनेको छ । मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा विमल अधिकारी र सनिशा भट्टराईको अभिनय रहेको छ ।गीतमा बिमल अधिकारीको शब्द तथा संगीत छ । कमल सौरागको एरेन्ज छ । यो गीत लोक पप शैलीको रहेको छ ।
यस गीतका गायक हिमाल सागर भन्छन्, ”यो गीतका शब्द संगीतलाई सबैले मन पराइदिनु भएको छ । गीत चल्नुको मुख्य कारण शब्द, संगीत, संगीत संयोजन र गायन रहेको छ । अहिलेसम्म हामीले होर्दा २७ लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, ४.२ मिलियन भन्दा बढी दर्शकले युट्युबमा हेरिसक्नुभएको छ, यो सबै दर्शक श्रोताको मायाले गर्दा पाउँन सफल भएको छु ।
मैले विमल जी सँग पहिलो सहकार्य गरेको हो । पहिलो चोटीमै हाम्रो सहकार्य फापेको छ । गीतले पाइरहेको माया सोचे भन्दा फरक पायौँ ।”यो गीतले नै हो त तपाँइलाई राता रात हिट बनाएको भन्ने हाम्रो पश्नमा हिमाल भन्छन् – त्यो कदापी हैन यस अघि पनि हिमाल सागर चिनाउन थुप्रै गीतले सहयो गरेका छन् बस यो गीतले चै अरु गीतबाट बनेको बाटोमा २० ओटा इट्टा थपिदिने काम गरेको छ ।
मैले पहिलै पनि हिट गीत नदिएका हैनन् ‘न मैले लेखे नउनले लेखिन…’ गीतले मलाई नचिनाएको कहाँ होर यो बेला अहिले जस्तो सामाजिक सञ्जाल फेसबुक टिकटक थिएन । त्तकालै चार्चा पाउन गाह्रो थियो, हिटको रिजल्ट तुरुन्तै देखिदैन थियो ।अहिले प्रत्यक्षरुपमा देखिन्छ । मेरोलागि फरक केही हैन राम्रो काम भए पछि माया जसरीनी पाइन्छ ।
उनी अघि थप्छन्, ”मेरो माया मारेपछि.., ‘मेरो मनमा आगो आउने को…, मेरी निशा… , ‘कल्लाई था छैन…’ले पनि त मरो चिनारी दिलाउने काम गरेका छन्। दर्जनौं गीत हिट गीत भए पनि यतिबेला ‘ए हो र माया’ले अझ चर्चामा ल्याउन मदत गरेको छ ।
प्रमोशनका लागि टिकटकले एकदमै धेरै टेवा पुर्याएको छ । टिकटकमा सुनेर, हेरेर युट्युबमा गएर हेरिदिनेहरू धेरै हुनुहुन्छ । हाम्रो गीतले यती धेरै चर्चा अहिलेका सामाजिक सञ्जाल पेलेट र्फमहरुनै हुन् । सबैले मेहनत गरेका थियौँ । दर्शक स्रोताको मन जित्न सफल भयौँ जस्तो लाग्छ ।”
Leave A Comment